BIZMANDU
www.bizmandu.com

ग्रोथ सेलर्स र एपिए अफिसको सहकार्य, कर्मचारीको कम्युनिकेसन दक्षता मापनमा नयाँ अभियान थालनी

२०७१ असार २०

मनव संसाधनको कम्युनिकेसन दक्षता विकास र टेस्टीङको लागि ग्रोथ सेलर्स प्रालिले इपिए अफिस नेपालसँग सहकार्य सुरु गरेको छ । यो सहकार्य अन्तर्गत व्यक्ति तथा संस्थाको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापनका लागि इटिएस टोइक टेष्टको प्रबद्र्धन गर्ने जनाइएको छ ।
टोइक टेस्टीङबाट व्यक्तिगत कम्युनिकेसनको दक्षता विकास गरि अंग्रेजी भाषको स्तर मापन गरिने जनाइएको छ । यो टेस्टिङ विश्वका एक सय ५० देशमा १४ हजार भन्दा बढि संस्थाका कर्मचारीको कम्युनिकेसन दक्षता मापन तथा कर्मचारी छनौट पद्धतिमा प्रगोग गरिँदै आएको छ । 
दुई संस्थाको सहकार्यमा इटिएस टोइक एक्सलेन्स सेरीज टक्सको पहिलो संस्करणको रुपमा इन्डष्ट्रियल रिलेसन एक्सलेन्स शुक्रबारबाट सुरु गरिएको छ । उक्त एक्सलेन्स बहसले बिभिन्न क्षेत्रका अग्रजहरुबाट अनुभव र ज्ञान आदन प्रदान गराउने जनाइएको छ । यो टक्सले मानव संसाधान विकासमा महत्वपुर्ण योगदान पुर्याउने ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाले बताए । ग्रोथ सेलर्स २०६२ साल देखि मानव संसाधनको क्षेत्रमा कृयाशिल संस्था हो ।
 

Tata
GBIME
Nepal Life