BIZMANDU
www.bizmandu.com

साइकलमा हिंड्ने रामदेवसँग कहाँबाट आयो जेट

२०६९ भदौ १५

कुनै दिन यस्तो थियो, बाबा रामदेव भनेर चिनिने रामकृष्ण यादव हरिद्वारमा बस्दा साइकलमा हावा भर्नका लागि पैसा हुँदैन्थ्यो तर दिन आज यस्तो छ, उनी त्यही हरिद्वार पुग्नुपर्यो भने प्राइभेट जेट प्रयोग गर्छन् । योग गुरुका रुपमा आफ्नो छवी दुनियाँ सामु पेश गरेका बाबा रामदेवको ट्रष्टसँग ११ अर्ब १५ करोड भारु बराबरको सम्पत्ति छ । तर बाबा रामदेव भने यो सम्पत्ति आफ्नो नामको नभएर ट्रष्टको भएको दावी गर्छन् । हरियाणाको महेन्द्रगढको अली सैयदपुरमा जन्मिएका बाबा रामदेवको असली नाम रामकृष्ण यादव हो ।

सहयोगी बालकृष्णका साथ बाबा रामदेव, बालकृष्ण नेपालको स्याङ्गजाका हुन्

Tata
GBIME
Nepal Life

सरकारी स्कुलमा आठ कक्षासम्म पढेका रामदेवले बाँकीको शिक्षा खानपुर गाउँको गुरुकुलमा आचार्य प्रदयुम्न अर्थात योगाचार्य बल्देवसँग गरेका थिए । उनले योग र संस्कृतको पढाइ गरेका हुन् । सन् १९९५ मा योगलाई लोकप्रिय र सर्वसुलभ बनाउन थालेका थिए । उनी त्यसपछि केही समय कालवा गुरुकुलमा गएर योग सिकाए भने केही समय हिमालमा ध्यान र योग अध्यास गरे ।
कृपालु बाग आश्रममा बसिरहेको बेला उनलाई आस्था च्यानलले योगाअभ्यास कार्यक्रम सञ्चालनका लागि अफर दियो । त्यसपछि उनले कहिल्यै पछि फर्केर हुर्नुपरेन । रामदेवले सन् १९९६ मा दिव्य योग मन्दिर ट्रष्ट र दिव्य फार्मेसी स्थापना गरेका थिए । बाबा रामदेवसँग अहिले विभिन्न कम्पनी र ट्रष्ट गरेर ३४ भन्दा बढी आम्दानी गर्ने संस्था छन् ।
बाबा रामदेवका विश्वासिला दुई सहयोगी छन्, आचार्य बालकृष्ण र स्वामी मुक्तानन्द । बालकृष्ण नेपालको स्याङ्गजाका हुन् । उनी रामदेवको ट्रष्ट दिब्य योग मन्दिरका प्रमुख हुन् । उनी पाँच कम्पनीमा प्रवन्ध निर्देशक हुन् भने २७ कम्पनीमा उनी निर्देशक छन् भने दुई कम्पनीमा अतिरिक्त निर्देशक छन् ।

बाबा रामदेवको बासस्थान, यो पतञ्जली योगपीठ सन् १९९६ मा सुरू भएको हो, यो अहिले आम्दानी विवादमा छ

रामदेवका अर्का सहयोगी स्वामी मुक्तानन्द दिब्या योग मन्दिरको आर्युवेद औषधी उत्पादन गर्ने संस्था दिब्या फार्मेसीमा कार्यरत छन् । उनी च्यावनप्रास, अमृत रसायन जस्ता उत्पादनमा विशेष दख्खल राख्छन् । त्यसबाहेक मुक्तानन्द रामदेवका १० कम्पनीमा निर्देशक र एउटा कम्पनीमा अतिरिक्त निर्देशक छन् ।
बाबा रामदेवका कम्पनीहरुको व्यापार फराकिलो छ, उनका कम्पनीहरु बिस्कुटदेखि सौन्दर्य प्रसाधनका सामाग्रीसम्म उत्पादन गर्दछ । भने उनको कम्पनी बायो अनुसन्धानमा समेत संलग्न छ । रामदेवका ३४ कम्पनीमध्ये पतञ्जली आर्युवेद लिमिटेड सबैभन्दा ठूलो चुक्ता पुँजी भएको कम्पनी हो । सन् २००६ मा स्थापना गरिएको यसको चुक्ता पुँजी मात्रै ४१ करोड भारु छ । सन् २००९ को लोकसभा चुनावमा यो संस्थाले भारतीय जनता पार्टीलाई १० लाख भारु चन्दा दिएको थियो । पछि बालकृष्णले काँग्रेस पार्टीलाई पनि त्यति नै रकम दिएको घोषणा गरेका थिए ।
बाबा रामदेवका कम्पनीहरुले २२५ प्रकारका औषधीहरु उत्पादन गर्दछन् र यो औषधीले ३२ रोग निको हुने दावी कम्पनीको छ । कम्पनीले अधिकांश औषधी वेभसाइटबाट विक्री गर्ने गरेको छ । कम्पनीसँग १६ करोड भारु चुक्ता पुँजी भएको वैदिक ब्रोडकास्टिङ कम्पनी पनि छ । यो कम्पनीले आस्था च्यानल सञ्चालन गर्दछ । पतञ्जली योगपिट ट्रष्ट नेपाल, बेलायत र अमेरिका जस्ता देशमा सञ्चालनमा छ ।
उनीसँग हरिद्वारमा एउटा आश्रम छ, अरावलीको पहाड नजिकै अर्को आश्रम छ भने बाबा रामदेवसँग स्कटल्याण्डमा समेत आश्रम छ । योगलाई घरघरमा पुर्याएपछि लोकप्रिय भएका बाबा रामदेवसँग राजनीति, प्रहरी, प्रशासन र उद्योगपतिहरुले गुरु मान्न थालेपछि उनी निक्कै लोकप्रिय बनेका थिए ।
बाबा रामदेवसँग स्कटल्याण्डमा एउटा टापु छ । १५ करोड भारुको त्यो टापु बाबा रामदेवले सन् २००९ मा खरिद गरेका थिए । भारतीय मुलका स्कटिश दम्पत्ती श्याम र सुनिता पोद्दारले बाबा रामदेवका लागि यो सम्पत्ति अधिग्रहण गरेका थिए ।
३१० एकड जमिनमा फैलिएको यो टापुमा रामदेवले स्वास्थ्य सेवा दिनका लागि शान्ति टापू बनाउने घोषणा गरेका थिए । तर अहिलेसम्म यो टापुमा कुनै पनि प्रगति भने भएको छैन । रामदेवको ट्रष्टले अमेरिकाको हस्टनमा पतञ्जली योगपिठ केन्द्र निर्माणका लागि ९४ एकड जमिन किनेको छ । सन् २००८ मा अमेरिकाका चार सय दाताको सहयोगमा यो सम्पत्ति किनेको दावी रामदेवको छ ।
सन् २००९–१० मा बाबा रामदेवको ट्रष्टले ११ अर्बको कारोवार गरेको थियो । यसमा योग शिविरमा जाँदा लिइने शुल्क मात्रै २५ करोड हाराहारीमा थियो । हरिद्वारमा बाबा रामदेवको नाममा ९५ एकड जमिनमा फैलिएको एउटा फुड पार्क छ । यो पार्कमा उनले पाँच अर्ब भारु लगानी गरेका छन् । यसै गरी बाबा रामदेवलाई भारतको मध्यप्रदेश सरकारले जबलपुरमा १६१८ एकड जमिन दिन लागेको थियो तर विपक्षी दलको विरोधपछि यो योजना अलपत्र छ । बाबा रामदेवले बैंगलोरमा १५० एकड जमिन खरिद गर्न खोजिरहेका छन् । बाबा रामदेवसँग एउटा हेलिकोप्टर छ, यो हेलिकोप्टर आफ्ना शिष्यले दिएको रामदेवको दावी छ ।
विवादमा रामदेव
रामदेव बाबा पटक पटक विवादमा पनि आएका छन् । सन् २००५ को मार्चमा रामदेवले दिव्य योग मन्दिर ट्रष्टमा कार्यरत ११३ कर्मचारी तलव नपाएपछि आन्दोलनमा उत्रिएका थिए । सन् २००६ मा दिव्य योग मन्दिर ट्रष्टले बनाएको औषधीमा मानव र जनावरको हड्डी प्रयोग गरेको भन्दै विवादमा परेको थियो । आफ्नो औषधीले  एड्स जस्तो गम्भीर विरामीको पनि उपचार गर्दछ भनेर चर्चामा ल्याएपछि पनि बाबा रामदेव विवादमा परेका थिए ।

बाबा रामदेवलार्इ हरियाणा सरकारले दिन प्रस्ताव गरेको जग्गा, विपक्षीको विवादपछि फिर्ता लिएको थियो

सन् २०११ मा रामदेवको कम्पनी दाल, चामल, पिठो, नुन, जाम, च्यावनप्रास, तेल, साबुन, जस्ता उत्पादनको विक्री सुरु गरेको थियो । रामदेवले एकै पटक एक सय उत्पादन बजारमा उतारेर विक्री सुरु गरेका थिए । उनको कम्पनीले पहिलो वर्ष नै यस्ता उत्पादनको २० अर्ब भारु बराबरको कारोवार गर्ने लक्ष्य राखेको थियो ।
उता ट्रष्टका नाममा दान दात्व्य नलिएर व्यापारिक कारोवार गरेको पाइएपछि पतञ्जली योगपीठ ट्रष्ट माथि भारत सरकारले कारवाही गरेको छ । सेवा शुल्क विभागले बाबा रामदेवलाई चार करोड ९४ लाख जरिवाना लगाएर नोटिस पठाएको थियो । अहिले पनि संस्थाको ट्रष्टको मान्यता रद्द गरेर कम्पनीको मान्यता दिने विषयमा भारत सरकारको आयकर विभागले कारवाही गरिरहेको छ । तहेल्का डटकमक