BIZMANDU
www.bizmandu.com

लगानी कोषको पुरा होला सपना ? अष्ट्रेलियाबाट ५० लाख डलर उठाउने योजना

२०६९ भदौ १५

लगानी कोषको पुरा होला सपना ? अष्ट्रेलियाबाट ५० लाख डलर उठाउने योजना
लगानी कोषको पुरा होला सपना ? अष्ट्रेलियाबाट ५० लाख डलर उठाउने योजना

प्रदीप चापागाईँ
काठमाडौ । नेपालमा सामूहिक लगानीका लागि अष्टे«लियाबाट ५० लाख डलर उठाउने विषयमा छलफल भएको छ । अष्ट्रेलियाको सिड्नीमा सुरु भएको गैरआवासीय नेपाली संघको सातौ क्षेत्रीय सम्मेलनमा यो अवधारणामा छलफल भएको हो ।
इन्भेष्टमेन्ट एण्ड इनोभेसन नाराका साथ चलिरहेको सम्मेलनमा अस्ट्रेलियाबाट मात्रै पचास लाख डलर लैजाने प्रतिवद्धता आएको छ ।
सिड्नीको होटल मेन्जिजमा तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षामन्त्री दिनानाथ शर्माले एनआरएनहरुलाई नेपालमा पूंजी र सीप लगानी बढाउन आग्रह गरे ।
उनले नेपालमा इन्जिनियरिङ कलेज, मेडिकल कलेज, पोलिटेक्निक कलेजमा लगानी गर्न एनआरएनलाई आग्रह गरे । नेपाली बिदेश आएर पैसामात्र कमाएका छैनन्, शर्माले भने, ‘नेपालीले धेरै सीप र सभ्यता सिकेका छन् । बिदेशबाट फर्कर गाइपालन, कृषि फर्म सञ्चालन उदाहरणीय बनेका छन् ।
राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले एनआरएनले नेपालीकै रुपमा र प्रत्यक्ष वैदेशिक लगानीका रुपमा पनि नेपालमा लगानी गर्नसक्ने बताए ।
सम्मेलनमा उद्योगमन्त्री अनिलकुमार झा र पूर्वमन्त्री भीम रावलले राजनीतिक सहमतिको वातावरण बनिरहेकोले सकारात्मक सोच्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको थियो ।
एनआरएनका संस्थापक डा. उपेन्द्र महतो, एनआरएन अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतले अब एनआरएनले योजना बनाउने होइन कार्यान्वयन गरेर विश्वासको वातावरण बढाउनुपर्ने बताउनुभयो । एनआरएनका पदाधिकारीले नेपालमा लगानी गर्न दुबई सम्मेलनको घोषणा अनुसार सातौ क्षेत्रिय सम्मेलनले पनि यसै विषयमा महत्वपूर्ण निर्णय लिने बताएका छन् ।
चापागार्इ सेजन अध्यक्ष हुन्

Tata
GBIME
Nepal Life