BIZMANDU
www.bizmandu.com

पाइलट बनाउने शिवानी एयर खारेजी गर्न नागरिक उड्डयन प्राधिकरणले दियो चेतावनी

२०६९ भदौ ८

काठमाडौं । हवाई तालिम दिने उदेश्यले खुलेको शिवानी एयर खारेजीमा जाने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नविकरणको म्याद समाप्त भएको एक सय ८० दिन भित्र पनि नविकरण गर्न नआएमा स्वतः रद्ध हुने जनाएको छ । प्राधिकरणले १५ दिनभित्रै नवीकरण गराउन नआउनुपर्ने कारणको प्रमाण पेस गर्न सूचना जारी गरेको छ । यो कम्पनीले पाइलट कोर्ष पढाउने भनेपनि आर्थिक संकटका कारण बन्द भएको थियो । पाइलट कोष गर्न लाखौं उठाएर पूरा नगरी छाडेको भन्दै विद्यार्थीले उजुरी गरेका थिए । उजुरी गरेपछि यसका सञ्चालक शिवेन्द्रकुमार बस्नेतलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

Tata
GBIME
Nepal Life