BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंक भन्छ नगद डलर छैन, फेरी राष्ट्र बैंकको तथ्यांक भन्छ डलर बढ्यो !

२०६९ भदौ १४

राष्ट्र बैंक भन्छ नगद डलर छैन, फेरी राष्ट्र बैंकको तथ्यांक भन्छ डलर बढ्यो !
राष्ट्र बैंक भन्छ नगद डलर छैन, फेरी राष्ट्र बैंकको तथ्यांक भन्छ डलर बढ्यो !

काठमाण्डौं । नेपाली अर्थतन्त्रमा वैदेशिक मुद्राको संचिती विगतका वर्षहरुको तुलनामा उच्च स्तरमा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ तर राष्ट्र बैंक भने डलर नभएको भन्दै डलरको साटो ट्राभलर चेक र कार्ड प्रयोग गर्न सुझाव दिईरहेको छ ।
बैंकले विहिवार सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ४३९ अर्ब ४६ करोड रुपैंया पुगेको छ । २०६८ असार मसान्तमा यस्तो संचिति २७२ अर्ब १५ करोड रुपैंया मात्रै थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक मुद्रा संचिती ६१.५ प्रतिशतले बढेको भए पनि बजारमा डलरको अभाव भएको बैंकर र राष्ट्र बैंकको भनाई छ ।
नेपालको वैदेशिक मुद्रा संचितीमा डलरको हिस्सा उच्च रहन्छ । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा ३ अर्ब ८७ करोड रुपैंया बराबरको डलर छ । नेपालमा रहेको कुल वैदेशिक विनिमय संचितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्रै यो अवधिमा ७६.२ प्रतिशतले वृद्धि भई ३७५ अर्ब ५२ करोड रुपैयाँ पुगेको बुधबार प्रकासित गत आर्थिक वर्षको तथ्यांकमा उल्लेख छ ।
डलरसँगै भारतीय मुद्राको संचिती पनि बढेको छ । गत आर्थिक वर्षमा भारतीय मुद्रा संचिति ८८ प्रतिशतले बढेर ६० अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।  विदेशबाट वस्तु आयात गर्न तथा बैदेशिक भ्रमणका क्रममा वैदेशिक मुद्रा जरुरी हुन्छ । वैदेशिक मुद्रामध्ये अमेरिकी डलरको प्रयोग अत्याधिक मात्रामा हुने गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको औसत आयातका आधारमा हाल भएको विनिमय संचितिले ११.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्छ ।

Tata
GBIME