BIZMANDU
www.bizmandu.com

तुलनात्मक लाभ खोज्दै बजारमा बैंक, वित्तीय संस्था र बिमा कम्पनीको होल्ड, ठूला पच्छ्याउँदै साना

२०७१ असार १२

काठमाडौं। बैंकिङ परिसुचक घट्दा बिमा कम्पनीको मूल्य बढ्ने र बिमा घट्दा बैंकिङ बढ्ने गरेको छ, तर पनि समग्र बजार परिसुचक भने उकालो नै लाग्ने गरेको छ। यसपाली बजारमा बिमा र बैंकिङको 'विशेष सम्बन्ध' कारण समग्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उक्लिने क्रमले निरन्तरता पाएको छ।

केही समयअघि १२ प्रतिशतसम्म पुगेको निक्षेपको ब्याज दर अहिले चारदेखि छ प्रतिशतको बीचमा छ। बैंकमा लगानी थुपारेका बिमा कम्पनीहरु ब्याज घटेपछि तुलनात्मक लाभको क्षेत्र सेयर बजारमा आएका छन्। यसबाट उनीहरुले राम्रै नाफा पनि 'बुक' गरिरहेका छन्। 
यसको मुल कारण, एउटा समूहले अर्को समूहको सेयर 'होल्ड' गर्नु हो। नेपाल राष्ट्र बैंक र बिमा समितिले एउटै समूहको सेयर किन्न नपाउने नीति लागू गरेपछि कम्पनीहरु एक अर्काको सेयर होल्ड गर्नतिर लागेका छन्।
अहिले बजारको संस्थागत लगानीकर्ताका रुपमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरु देखिएका छन्।
बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले अहिले बिमा कम्पनी कम्पनीका सेयरहरु होल्ड गरेका छन्।
बिमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको सेयर किनेर बसेका छन्। दुबै समूहले जलविद्युत् कम्पनीहरुका सेयर पनि होल्ड गरेका छन्।  
बैंक तथा वित्तीय संस्थामा पाइने ब्याज निकै कम भएको तथा सरकारी ऋणपत्र पनि मागेजति नपाइने भएकाले बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरु एक अर्काको सेयर किन्न आकर्षित भएका हुन्।
केही समयअघि १२ प्रतिशतसम्म पुगेको निक्षेपको ब्याज दर अहिले चारदेखि छ प्रतिशतको बीचमा छ। बैंकमा लगानी थुपारेका बिमा कम्पनीहरु ब्याज घटेपछि तुलनात्मक लाभको क्षेत्र सेयर बजारमा आएका छन्। यसबाट उनीहरुले राम्रै नाफा पनि 'बुक' गरिरहेका छन्। 
यता बैंक तथा वित्तीय संस्थाहरुले सरकारी ऋणपत्रबाट पाउने ब्याज एक प्रतिशतको हाराहारीमा छ। अन्तर बैंक सापटी दर एक प्रतिशतभन्दा पनि कम छ। यस्तोमा उनीहरु पनि तुलनात्मक लाभको क्षेत्र खोज्दै सेयर बजारमा आएका छन्। 

कतिपय विकास बैंक तथा वित्तीय संस्थाहरुले यस पटक किनेको सेयरकै आधारमा आगामी बर्षको नाफा पनि प्रक्षेपण गर्न सुरु गरिसकेका छन्। बिमा कम्पनीहरुले पनि नियमित कारोबारबाट हुने आय बाहेकको नाफा पनि यसपाली किनेको सेयरका आधारमा मूल्यांकन गरिसकेका छन्।
…..

'बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको मूख्य कारोबार सेयर होइन, तर अल्पकालिन लगानीका अवशरहरु खोज्ने क्रममा एक अर्काको सेयरमा लगानी गरेका हुन्,' नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, 'थोरै भएपनि संस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्दा सेयर बजारलाई स्थिरता प्रदान गरेको छ।'
लगानीकर्ताका लागि सेयर किनबेच गरिदिने सेयर ब्रोकरहरु पनि पछिल्लो समय बैंकको सेयर बिमा र बिमाको सेयर बैंकहरुले किन्न क्रम बढेको बताउँछन्। 'सबै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सेयरमा लगानी बढाएका छन् भन्ने होइन, तर पछिल्लो समय केही न केही रुपमा सेयर बजारमा यस्ता संस्थाहरु आउने क्रम भने बढेको देखिन्छ,' दक्षिणकालि सेक्युरिटिजका प्रबन्ध निर्देशक दिनेश सापकोटाले बिजमाण्डूसँग भने।
नियामक निकाय बिमा समितिले बिमा कम्पनीहरुलाई कुल लगानीको पाँच प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। यही सीमाभित्र बसेर बिमा कम्पनीहरुले आफ्नो 'पोर्टफोलियो' बनाइरहेका छन्। बैंकहरुले पनि आफ्नो केही पुँजीहरु सेयर बजारमा लगानी गरिरहेका हुन्। समितिले पाँच प्रतिशतको लगानी सीमालाई १० प्रतिशत पुर्‍याउन गृहकार्य गरिरहेकाले बिमा कम्पनीहरुको पैसा सेयर बजारमा थपिने छ। 

रकम बढेपछि सेयरमा लगानी गर्ने पाँच प्रतिशत वापतको रकम पनि बृद्धि भएको छ। यो रकम बजारमा जाँदा यसले कारोबार बढाएर मूल्यलाई पनि केही उठाएको  छ ।
….
बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले अहिले बिमा कम्पनी कम्पनीका सेयरहरु होल्ड गरेका छन्। बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको सेयर किनेरका छन्। 
….

'एकले अर्काको सेयर खरिद गरेका कारण मूल्य घट्ने सम्भावना कम देखिएको छ,' एक विकास बैंकका प्रमुख कार्यकारीले भने, 'निश्चित समयपछि नाफा 'बुक' गरेर सेयर बिक्री गर्ने क्रम वढ्छ। तर त्यो संविधान निर्माणपछि मात्र सम्भव छ।' उनले यसपालीको संविधानसभाबाट संविधान निर्माण हुनेमा लगानीकर्ताहरु आश्वस्त भएका कारणले पनि सेयर बजार त्यसअघि घट्ने सम्भावना कम रहेको जानकारी दिए।
सेयर बजारमा बिमा कम्पनीहरु र अधिकांस विकास बैंक तथा फाइनान्स कम्पनीहरु आकर्षित देखिएका छन्। कतिपय विकास बैंक तथा वित्तीय संस्थाहरुले यस पटक किनेको सेयरकै आधारमा आगामी बर्षको नाफा पनि प्रक्षेपण गर्न सुरु गरिसकेका छन्। बिमा कम्पनीहरुले पनि नियमित कारोबारबाट हुने आय बाहेकको नाफा पनि यसपाली किनेको सेयरका आधारमा मूल्यांकन गरिसकेका छन्।
'संस्थागत लगानीकर्ताका रुपमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरु बजारमा आएका छन्, यसले बजारलाई स्थिरतातर्फ लैजान्छ,' इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले बिजमाण्डूसँग भने। उनले सेयर बजारलाई दीर्घकालसम्म राम्रो बनाइ राख्न यस्ता खालका लगानीकर्ताहरु आउन आवश्यक रहेको बताए।
बिमा कम्पनीहरुको कारोबार रकम बढिरहेका कारण उनीहरुले सेयर बजारमा गर्ने लगानीको रकममा पनि बृद्धि भइरहेको छ। गत बर्षसम्म बिमा कम्पनीहरुसँग करिव ८० अर्ब रुपैयाँ लगानी योग्य कोष थियो। यो रकम चालु बर्ष २० प्रतिशतभन्दा बढीले बृद्धि हुने कम्पनीहरु बताउँछन्। रकम बढेपछि सेयरमा लगानी गर्ने पाँच प्रतिशत वापतको रकम पनि बृद्धि भएको छ। यो रकम बजारमा जाँदा यसले कारोबार बढाएर मूल्यलाई पनि केही उठाएको उनीहरु बताउँछन्।
'संस्थागत लगानीका रुपमा बिमा तथा बैंक र वित्तीय संस्थाहरु बजार प्रवेश गर्दा सर्वसाधारण लगानीकर्ताहरुको आत्मवल पनि बढेको छ,' झाले भने, 'यसबाट पनि बजार बृद्धि हुन गएको हो। यसले बजारलाई दीर्घकालिन रुपमा लाभ नै पुर्‍याउँछ।'

Tata
GBIME
Nepal Life