BIZMANDU
www.bizmandu.com

जेठसम्म ३०८ अर्ब राजस्व संकलन, बृद्धिदर १९ प्रतिसत, आयकर र भन्सारको संकलन सुस्त

२०७१ असार ११

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनासम्म तीन खर्ब आठ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको तुलनामा यस वर्ष १९.७१ प्रतिसतले राजस्व संकलन बढेको हो। अर्थमन्त्रालयले दिएको जानकारी अनुसार अर्थमन्त्रालयले साउन देखि जेठसम्म दुई खर्ब ७० अर्ब २४ करोड कर राजस्व र ३७ अर्ब ९६ करोड गैरकर राजस्व संकलन गरेको छ।
असारमा ४६ अर्ब ४२करोड रुपैयाँ राजस्व संकलन गरे यो आर्थिक वर्षको लक्ष पुरा हुन्छ। जेठ महिनामा कुल २३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। आयकरको अन्तिम किस्ता पनि असारमा असुली हुने भएकोले राजस्व संकलन लक्षको हाराहारीमै हुने अर्थमन्त्रालयको दावी छ।
जेठ महिनासम्मको संकलनलाई आधार बनाएर विश्लेषण गर्दा भ्याटको योगदान ३० प्रतितस, भन्सार महशुलको योगदान २० प्रतिसत, आयकरको योगदान २० प्रतिसत, अन्तःशुल्कको अंश १४ प्रतिसत र गैरकर राजश्वको अंश १३ प्रतिसत रहेको छ।  यस वर्षको जेठसम्म ६१ अर्व ३१ करोड ४७ लाख संकलन भएको छ ।
यो संकलन लक्षको तुलनामा १९ दसमलव ३९ प्रतितस  हो । त्यस्तै भ्याट ९० अर्ब ९६ करोड ४४ लाख संकलन भएको छ ।  यो असुली लक्षको तुलनामा २० दसमलव पाँच प्रतिसत हो । अन्तःशुल्कतर्फ ४० अबृ ६७ करोड द्धई लाख सकलन भएको छ । अन्तशुल्क झण्डै २५ प्रतिसतले बढेको हो ।
जेठ महिनासम्म आयकर ६१ अर्ब ५७ करोड ८४ लाख संकलन भएको छ । यस वर्ष आयकर १२ प्रतिसतले मात्रै बढेको छ । रजिष्ट्रेशन दस्तुर,सवारी साधनकर र अन्य कर १४ अर्ब ९० करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो शीर्षकमा असुली हुने राजस्व २९ प्रतिसतले बढेको हो । गैरकर राजश्वतर्फ भने ३७ अर्ब ९६ करोड ९४ लाख संकलन भएको छ ।

Tata
GBIME
Nepal Life