BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगार व्यवसायी संघमा विवाद, तामाङविरुद्ध अविश्वासको प्रस्ताव

२०६९ भदौ १४

काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । संघका अध्यक्ष बलबहादुर तामाङले संस्थालाई एकलौटी अगाडी लैजान खोजेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको हो । संघको नयाँ नेतृत्व आएको ६ महिना भन्दा विवाद सुरु भएको हो ।
अध्यक्षले म्यानपावर व्यवसायलाई बदनाम बनाउनुभयो । दोहोरो सम्झौंतापत्र व्यवसायीले बनाउँछन् भनेर सञ्चारमाध्यममै सार्वजनिक रुपमा आएपछि अविश्वासको प्रस्ताव ल्याउन लागिएको हो, एक म्यानपावर व्यवसायीले भने, उहाँलाई अध्यक्ष बनाइरहने हो भने व्यवसायनै धरासायी हुन्छ भन्ने निष्र्कषमा हामी पुगेका छौ ।
ती व्यवसायीका अनुसार तामाङका विरुद्धमा ५ सय भन्दा बढी म्यानपावर व्यवसायी छन् । तर उनको पक्षमा दुई सय पनि छैनन् । अविश्वासको प्रस्तावमा तामाङले वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईसँग मिलेर व्यवसायीलाई नै समाप्त पार्न खोजेको आरोप लगाइएको छ ।
व्यवसायीको गल्तीलाई खोजेर महानिर्देशकलाई सूचना दिने काम तामाङबाटै भएको, ती व्यवसायी भन्छन्, व्यवस्थितको बहानामा यो क्षेत्रलाई केही सिमित व्यक्तिमा राख्ने कोशिस हुँदैछ ।
अविश्वासको पक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैर, द्धितिय उपाध्यक्ष कुमुद खनाल, निर्वतमान अध्यक्ष सोमलाल बटाजु, पूर्व द्धितिय उपाध्यक्ष हंशराज वाग्ले लगायतका छन् । तर तामाङ पक्षधरले भने म्यानपावर व्यवसायलाई मर्यादित गर्न कुनै कसर नछाड्ने भन्दै अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । राम्रो गर्न खोज्दा पद जान्छ भने पनि जाओस, तामाङको भनाई उद्धृत गर्दै एक म्यानपावर व्यवसायीले भने, तर अब नराम्रा र राम्रा गर्ने म्यानपावरबीच फरक हुनैपर्ने बेला आइसकेको छ ।

Tata
GBIME
NLIC