BIZMANDU
www.bizmandu.com

कतारको हमाद विमानस्थलमा विश्वस्तरीय ड्युटी फ्रि, ट्राभल सपिङ्गलाई उत्कृष्टता प्रदान गर्ने

२०७१ असार ३

कतारको हमाद विमानस्थलमा विश्वस्तरीय ड्युटी फ्रि, ट्राभल सपिङ्गलाई उत्कृष्टता प्रदान गर्ने
कतारको हमाद विमानस्थलमा विश्वस्तरीय ड्युटी फ्रि, ट्राभल सपिङ्गलाई उत्कृष्टता प्रदान गर्ने


दोहा । हालै सञ्चालनमा आएको कतारको हमाद अन्तराष्ट्रिय विमानस्थलमा कतार ड्युटी फ्रि (क्युडिएफ) सेवा सञ्चालनमा आएको छ । कतारको सबैभन्दा अत्याधुनिक विमानस्थल हमाद दुई साता अघि सञ्चालनमा आएको थियो ।
क्युडिएफमा डिजाइनर्स तथा फेसनेवल लुगा, इलेक्ट्रोनिक सामान, चक्लेट लगायतका वस्तुहरु उपलब्ध भउको कतार एयरवेजले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । अन्तराष्ट्रिय ब्राण्डका बुटिक, खुद्रा वस्तुले ट्राभल सपिङ्गलाई उत्कृष्टता प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
हवाई यात्रुले हमादको उत्कृष्ट सपिङ्ग अनुभव गर्न पाउनेछन्, कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकवर अल बकरले बताए । हमादको ड्युटि फ्रिमा फेसन उत्पादनका लागि एस्क्वायर, फुड स्टोरमा मारमालेड, चक्लेटका लागि चोकोलोजी, उपभोक्ता विद्युतीय सामाग्रीका लागि पल्स, खेलौनाका लागि बम्बल ट्रि, उच्च गुणस्तरको फेसनका लागि बोलभेर्ड र स्वीस घडीका लागि जिएमटिका स्टोर खोलिएका छन् ।

Tata
GBIME
Nepal Life