यो ऐन अनुसार, अमेरिकी बैंक तथा नागरिकसँग कारोबार गर्ने सिन्सारभरिका बैंकहरुले फाट्का अनुसार आइआरएसमा दर्ता हुन आवश्यक छ।
ऐनले दर्ता भएका बैंकहरुलाई अमेरिकी नागरिकको खाताको स्थिति र कारोबार विवरण नियमित अद्यावधिक पनि गराइरहनु पर्ने हुन्छ। नेपाली बैंकहरुको कारोबार अमेरिकी बैंक, संस्था र नागरिकहरुसँग हुँदै आएकाले यो ऐन आकर्षित हुन्छ।
यद्यपि स्वीस बैंकले भने अमेरिकी नियम मान्न नसक्ने भन्दै खाता बन्द गर्न चुनौती दिइसकेको छ। अन्य मुलुकहरुले भने यस बारेमा केही बोलेका छैनन्।
आइआरएसले नेपाली बैंकहरुलाई गत अप्रिल २८ सम्म दर्ता हुन समय सीमा दिएको थियो, यो सीमा नाघेकै धेरै भइसकेको छ। आइआरएसले सोझै केन्द्रीय बैंक र अमेरिकामा कारोबार गर्ने नेपाली बाणिज्य बैंकहरुलाई दर्ता हुन पत्र पठाएको थियो।