BIZMANDU
www.bizmandu.com

प्रभु-किष्ट-जेनिथ-गौरिशंकरको मर्ज स्वीकृत, सेयर स्वाप तय

२०७१ जेठ ३१

प्रभु-किष्ट-जेनिथ-गौरिशंकरको मर्ज स्वीकृत, सेयर स्वाप तय
प्रभु-किष्ट-जेनिथ-गौरिशंकरको मर्ज स्वीकृत, सेयर स्वाप तय

काठमाडौं । एक साथ मर्जरमा जान लागेका किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्सको विशेष साधरणसभाले मर्जरको स्वीकृती दिएको छ । शनिवार चार वटै संस्थाले विशेष साधरणसभाबाट मर्जरका लागि सेयर अनुपात समेत स्वीकृत गरेका छन् ।
किष्ट बैंकको प्रति सय सेयर बराबर ९७.३१, प्रभु विकास बैंकको सय सेयर बराबर १०७.३१, गौरीशंकर डेभलपमेन्ट बैंकको पनि १०७.३१ र जेनिथ फाइनान्सको प्रति सयसेयर बराबर ९२.३१ सेयर कायम गर्ने प्रस्ताव साधारण सभाले अनुमोदन गरेको हो ।

मर्जर पछि बन्ने बैकसँग तीन अर्ब २० करोड ८८ लाख ८५ हजार रुपैयाँको पुँजी हुनेछ तर मर्जरका लागि तय गरिएको सेयर स्वाप अनुपातपछि यो पुँजी घटेर तीन अर्ब आठ करोड रुपैयाँमा छ ।
प्रभु विकास बैंकको चैतसम्म ७६ करोड ५९ लाख रुपैयाँ, किस्ट बैंकसँग दुई अर्ब रुपैयाँ, गौरिशंकर डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ र जेनिथ फाइनान्सको  २३ करोड रुपैयाँ चुक्ता पुँजी छ ।
सेयर स्वाप रेसियाको संरचनाअनुसार किष्ट बैंकसँग एक अर्ब ८४ करोड ६२ लाख, ८२ करोड १८ लाख, गौरिशंकरको २२ करोड ५३ लाख र जेनिथ फाइनान्सको १९ करोड ३८ लाख रुपैयाँको चुक्ता पुँजी हुनेछ ।
प्रभुसँग जगेडा कोषमा ३० करोड रुपैयाँ छ । त्यसैगरी किष्ट  बैंकको जगेडा कोष ७७ करोड रुपैयाँले ऋणात्मक छ। जेनिथ फाइनान्ससँग चार करोड ३५ लाखर गौरिशंकर विकास बैंकको जगेडा कोषमा दश करोड ६५ लाख रुपैयाँ छ ।
प्रभु, गौरीशंकर  र जेनिथ फाइनान्स गरी तिनै वटा संस्थाको जगेडा कोषमा करिब ४५ करोड रुपैयाँ पुग्नेछ । त्यसैगरी सेयर रेसियो अनुपातका कारण झण्डै १८  करोड रुपैयाँ जगेडा कोषमा जानेछ । यसले किष्ट बैंकका कारण ऋणात्मक हुने जगेडा कोषलाई धनात्मक बनाउन सहयोग पुग्ने विश्वास मर्जर समितिले लिएको छ ।
मर्जर पश्चात बन्ने बैंकको नाम प्रभु बैंक लिमिटेड राख्ने प्रस्ताव पनि स्वीकृत भएको छ । प्रस्तावित बैंकको लोगो नेपाली परिवेश अनुसार पिपलको पात आकारको बनाई  बिचमा किष्ट शब्द लेखिने मर्जर समितिले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।
चार बैंकको लोगोमा किष्ट बैकले प्रयोग गरेकै नारा ‘पावर टु सक्सिड’लाई नै निरन्तरता दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी प्रस्तावित प्रभु बैंकको सञ्चालक संख्या सात जना रहने र सञ्चालक समितिको अध्यक्षमा देवीप्रकाश भट्टचन हुनेछन् ।
मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहने छन् ।
मर्जपछि बन्ने बैंकको शाखा संख्या ११२ वटा हुनेछ भने एटीएम संख्या ११० भन्दा बढी हुनेछ ।  यो शाखा सञ्जालका हिसावले निजी क्षेत्रका बैंकमा सबैभन्दा बढी हुनेछ । त्यसैगरी मर्जपछि बन्ने बैंकमा १२ सय कर्मचारी हुनेछन भने ग्राहक संख्या सात लाख भन्दा माथि रहनेछ ।
मर्जरपछि ३० वटा वाणिज्य बैंकमध्ये चुक्ता पुँजीको आधारमा सातौं, जगेडा कोषको आधारमा १२ भित्र, निक्षेपको आधारमा १५ भित्र, लगानीको आधारमा २० भित्र पर्नेछ । गाभिएपछि बन्ने प्रस्तावित प्रभु बैंक एक सवल, सक्षम र सफल बैंकको रुपमा स्थापित भई सन्तोषजनक बैंकिङ्क कारोबार गर्ने विश्वास बैंकको छ ।
चैत मसान्तको विवरणअनुसार प्रभुसँग सर्वसाधारणको १० अर्ब ४८ करोड रुपैयाँ निक्षेप छ। बैंकले सात अर्ब २७ करोड कर्जा लगानी गरेको छ। बैंकले चैतसम्म सात करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। किष्ट बैंकसँग सर्वसाधारणको १९ अर्ब ६७ करोड निक्षेप र १४ अर्ब ५१ करोड कर्जा लगानी रहेको छ।
जेनिथसँग सर्वसाधारणको एक अर्ब सात करोड निक्षेप र ९० करोड कर्जा लगानी छ । गौरिशंकरले एक अर्ब ३८ करोड निक्षेप उठाएर एक अर्ब नौं करोड कर्जा लगानी गरेको छ।

Tata
GBIME
Nepal Life