BIZMANDU
www.bizmandu.com

विलिनियर्स क्लवका बैंकको सेयरमा चाँदी कटाई, एभरेष्ट र चार्टडको बढ्यो

२०६९ भदौ १३

विलिनियर्स क्लवका बैंकको सेयरमा चाँदी कटाई, एभरेष्ट र चार्टडको बढ्यो
विलिनियर्स क्लवका बैंकको सेयरमा चाँदी कटाई, एभरेष्ट र चार्टडको बढ्यो

काठमाडौं । विलिनियर्स क्लवका दुई बैंकले नेप्सेमा अनअपेक्षित नजिता देखाउँदै सेयरधनीलाई ठूलो लाभ दिएका छन् । बुधवार एभरेष्ट बैंकको सेयर मूल्य ३४ रुपैयाँले वृद्धि भयो भने लगातार घट्दै आएको स्ट्याण्डर्ड चार्टड बैंकको सेयर मूल्य १९ रुपैयाँले बढ्यो । एभरेष्ट बैंकको प्रतिसेयर १०९७ रुपैयाँमा कारोवार भयो चार्टडको १७६४ रुपैयाँमा कारोवार भयो ।
विलियनायर्स क्लवमा रहेका हिमालयन बैंकको सेयरमा छ रुपैयाँले वृद्धि भएर ६८७ रुपैयाँमा कारोवार भयो, नविल बैंकको तीन रुपैयाँले, इन्भेष्टमेन्ट बैंकको दुई रुपैयाँले बढेर कारोवार भयो । सबैभन्दा बढी मुनाफा गर्ने विलिनायर्स क्लवको अर्को बैंक कृषि विकासको भने बुधवार एक रुपैयाँले सेयर तल झर्यो । बुधवार पनि नेप्सेमा इन्सुरेन्स कम्पनीको चाँदी कटाइ रह्यो ।
एशियन लाइफको दश रुपैयाँले बढेर १९९ रुपैयाँमा, गुँरास लाइफको दश रुपैयाँ बढेर १४० रुपैयाँमा, नेको इन्सुरेन्सको पनि दश रुपैयाँ बढेर ११० रुपैयाँमा पुग्यो । सगरमाथा इन्सुरेन्सको सबैभन्दा बढी ५५ रुपैयाँले बढेर ६१० रुपैयाँ प्रतिसेयरमा कारोवार भयो । शिखर इन्सुरेन्सको १५ रुपैयाँले बढेर ३०७ रुपैयाँमा, सूर्यालाइफ इन्सुरेन्सको पनि दश रुपैयाँ बढेर १४० रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
Nepal Life