BIZMANDU
www.bizmandu.com

टेलिकमको वृद्धिमा लाग्यो ब्रेक, बुधवार सेयरधनीले प्रतिसेयर छ रुपैयाँ गुमाए

२०६९ भदौ १३

टेलिकमको वृद्धिमा लाग्यो ब्रेक, बुधवार सेयरधनीले प्रतिसेयर छ रुपैयाँ गुमाए
टेलिकमको वृद्धिमा लाग्यो ब्रेक, बुधवार सेयरधनीले प्रतिसेयर छ रुपैयाँ गुमाए

काठमाडौं । अन्तत नेपाल टेलिकम पुरानै ठाउँमा फर्कने गरी बुधवार प्रतिसेयरमा छ रुपैयाँको गिरावट आएको छ । आइतवार र सोमवार तिव्र वृद्धि भएको टेलिकमको सेयर मंगलवार स्थिर जस्तै थियो । बुधवार प्रतिसेयर छ रुपैयाँ घटेपछि टेलिमकको अन्तिम कारोवार ५९३ रुपैयाँमा कारोवार भयो । टेलिकमको एउटा २५ सय कित्ताको सबैभन्दा ठूलो सेयर अन्तिम मूल्यभन्दा पनि १३ रुपैयाँ कम ५८० रुपैयाँमा भएको थियो ।
टेलिकमको आइतवार प्रतिसेयर १४ रुपैयाँ र सोमवार एकै दिन ३५ रुपैयाँले सेयर मूल्य बढेको थियो । मंगलवार एक रुपैयाँले तल झरेको टेलिमकको बुधवार छ रुपैयाँले घटेको हो ।
स्टकमा बुधवार पनि टेलिकमका खरिदकर्ताभन्दा विक्रेताको चाप बढि थियो । उच्च मूल्यवृद्धि भएका बेला टेलिकमको सेयर विक्री गरेर लगानीकर्ता बैकिङ र जलविद्युत समूहमा जान थालेपछि टेलिकमको सेयर विक्रीमा चाप परेको हो । टेलिकम नेप्सेमा सूचीकृत सबैभन्दा धेरै सेयर भएको कम्पनी हो ।

Tata
GBIME
Nepal Life