BIZMANDU
www.bizmandu.com

एलाइन्सको असार सातसम्म १० कित्ता सेयर हुनेले ५.५ हकप्रद पाउँने, पहिलो बर्ष २० प्रतिशत नगद लाभांश

२०७१ जेठ ३०

काठमाडौं। एलाइन्स इन्स्योरेन्स कम्पनीले असार १९ गतेबाट १० कित्ता बराबर ५.५ को अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । कम्पनीमा आगामी असार सात गतेसम्म सेयर स्वामित्व हुने लगानीकर्ताहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन । हाल बजारमा कम्पनीको सेयर छ सय ६५ रुपैयाँ कारोबार भइरहेको छ । कम्पनीको हकप्रद भने प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिने छ । 
कम्पनीको सेयरमा एनएमबी बैंकको चावहिल, ठमेल, कान्तिपथ, सुर्यबिनायक, बनेपा, बुटवल, धरान विरटनगर लगायतका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । त्यस्तै, बिक्री प्रबन्धक एनएमबी क्यापिटलबाट पनि कम्पनीको सेयरको लागि फारम भर्न सकिने छ । 
हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी २५ करोड १५ लाख रुपैयाँ पुग्ने छ । कम्पनीको आर्थिक बर्ष २०७२÷७३ सम्ममा चुक्तापूँजीमा कुनै फेरबदल नहुने वित्तीय विवरणमा प्रक्षेपण गरिएको छ । तर कम्पनीले हकप्रद सेयर जारी भएको पहिलो बर्ष २०.५२ प्रतिशत, दोस्रो बर्ष २६.३१ प्रतिशत र तेस्रो बर्ष ३१.५७ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको छ । कम्पनीको सञ्चालकहरुमा देवी प्रकाश भट्टचन, राजेन्द्र मल्ल, कुुसुम लामा, दक्ष पौडेल, राम शे. अधिकारी लगायत रेहका छन । 
कम्पनी गत पुष मसन्तसम्ममा एक करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आव अन्त्यमा कम्पनीको नाफा १२ करोड २४ लाख रुपैयाँ हुने प्रक्षेपण रहेको छ । पुष मसान्तमा कम्पनीको आम्दानी दुई करोड ९० लाख रुपैयाँ रहेको थियो । कम्पनीको बीमा कोषमा १५ करोड ३५ लाख रुपैयाँ, जगेडा कोषमा छ करोड २१ लाख रुपैयाँ रहेको छ । 
 

Tata
GBIME
Nepal Life