BIZMANDU
www.bizmandu.com

चिनियाँ फुड चेन यो चाइना क्याफेले पनि यसै वर्ष काठमाडौंमा आउटलेट खोल्ने

२०६९ भदौ १३

चिनियाँ फुड चेन यो चाइना क्याफेले पनि यसै वर्ष काठमाडौंमा आउटलेट खोल्ने
चिनियाँ फुड चेन यो चाइना क्याफेले पनि यसै वर्ष काठमाडौंमा आउटलेट खोल्ने

काठमाडौं । नेपालको बढ्दो फास्टफुड कल्चरलाई अरु मल्टिनेशनल फुड चेन कम्पनीले पनि ‘क्यास’ गर्न खोजेका छन् । मंगलवार इटालीयन परिकार पस्कने लिटिल इटाली रेष्टुरेण्ट खुलेपछि चीनियाँ परिकार पस्किने यो चाइना क्याफेले पनि काठमाडौंमा आउटलेट खोल्ने घोषणा गरेको छ ।
भारतमा यो चाइनाको चेन सञ्चालन गरिरहेको मुड्स हस्पिट्यालिटीले यही वर्ष भित्र काठमाडौंमा नयाँ आउटलेट खोल्ने जानकारी दिएको हो ।
मुड्स हस्पिट्यालिटीका प्रवन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष कपुरले इकोनोमिक टाइम्ससँग यो वर्ष भित्र यो क्याफेको नेपालमा आउटलेट खोलिने बताए । यो आर्थिक वर्ष भित्र कम्पनीले मध्यपूर्व, दक्षिण अफ्रिका, नेपाल र मरिससमा आउलेट खोल्ने योजना तयार गरेको छ, उनले भने ।
कम्पनीले भारतमा पनि यो वर्ष युवामैत्री दश क्याफे खोल्न लागेको छ । कम्पनीले यस्तो क्याफेको पहिलो आउटलेट आगामी दश दिन भित्र खुल्ने जानकारी पनि दिए । ५० करोड रुपैयाँको कम्पनी मुड्स हस्पिट्यालिटीले भारतमा यो चाइनाका ५० क्याफे सञ्चालन गरिरहेको छ । त्यसमध्ये आधा कम्पनीले सञ्चालन गरेको हो भने आधा आउटलेट फ्रन्चाइजी हुन् । कम्पनीले भारतमा दुईवटा डिमसम ब्रोज रेष्टुरेण्ट पनि सञ्चालन गरिरहेको छ ।
कम्पनीले यो चाइना र डिमसम ब्रोजका लागि बजारबाट ६० करोड भारु उठाउने योजना बनाएको छ । कम्पनीले सन् २००७ मा म्याट्रिक्स पाटनर इण्डियाबाट सेवा विस्तारका लागि २७ करोड रुपैयाँ उठाएको थियो  ।
यो क्याफे खोल्नका लागि कम्तिमा पनि दुई हजार स्क्वायर फिटको स्पेश चाहिनछ । कम्पनीले अब खोलिने रेष्टुरेण्टहरु बढी मुनाफादायी हुने बताए । यो चाइनामा पारदर्शी किचन हुने जानकारी दिंदै कपुरले चिनीयाँ परिकार र विशेष मदिराहरु सर्भ गरिने जानकारी दिए ।
भारतमा चिनीयाँ खाना, चिनियाँ मूल्य योजनामा कम्पनी लोकप्रिय भएको थियो तर पछि यो योजना त्यति सफल हुन सकेन । तर कम्पनीले अहिले भने गुणस्तरीय चिनियाँ खाना उचित मूल्यमा भन्ने नयाँ योजना ल्याएको छ ।
भारतमा अहिले फास्टफुड निक्कै लोकप्रिय भएको छ भने ठूला फास्टफुड कम्पनीले सर्वसाधरणसँ पैसा उठाएर सेवा विस्तार गर्दै आएका छन् । यो वर्ष मे महिनामा चिनियाँ चेन रेष्टुरेण्ट स्पेशियालिटी रेष्टुरेण्टले बजारबाट एक अर्ब ७५ करोड रुपैयाँ उठाएको थियो ।
गत वर्ष टिभिएस क्यापिटलले ओम पिज्जा एण्ड इट्सका लागि एक करोड १० लाख डलर उठाएको थियो । त्यसैगरी आइसिआईसिआई भेन्चरले केएफसी, पिज्जा हटको सञ्चालक देवयानी इन्टरनेशनलका लागि बजारबाट पाँच करोड ६० लाख डलर उठाइदिएको थियो ।

Tata
GBIME
Nepal Life