BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले महंगियो, ५१ हजार छ सयमा कारोबार, चाँदीको मूल्य स्थिर

२०७१ जेठ २८

Tata
GBIME
Nepal Life
काठमाडौं। बुधवार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ५१ हजार छ सय रुपैयाँ पुगेको छ । मंगलवार सुन तोलाको ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको थियो । अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रममा रहेको छ । 
भारतीय बजारमा लगानीकर्ताहरुले सुनको खरिद बढाएपछि त्यहाको बजारमा पनि मूल्य बढेको हो । मंगलवार दिउस त्यहा प्रतिऔंस सुन २६ हजार ५३ रुपैयाँमा कारोबार भइरहेकोमा बजार बन्द हुँदा २६ हजार एक सय ३९ पुगेको देखिन्छ । बुधवार करिब सवा १२ बजे त्यहा सोही परिमाणको सुन १८ भारुले बढेर २६ हजार एक सय ५७ मा कारोबार भइरहेको छ । यो दिन नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रह्यो । चाँदी तोलाको  सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।