BIZMANDU
www.bizmandu.com

एकता विकासको सेयरमा माग भन्दा करीव १५ गुणा वढी आवेदन, सात करोडको लागि एक अर्ब १३ करोडको माग

२०७१ जेठ २६

काठमाडौं। एकता बिकास बैंकको प्राथमिक सेयरमा मागभन्दा १५ गुणा बढि आवेदन परेको छ । चार दिनमै बैंकको सात लाख ३६ हजार कित्ता(सर्वसाधारणमा निष्कासित सात करोड ३६ लाख) को लागि एक अर्ब १३ करोड ५१ लाख रुपैयाँको आवेदन परेको हो । करिव २० हजार सर्वसाधारणले आवेदन दिएका हुन् । 
बैंकको बाँकी ६४ हजार कित्ता सेयरमध्ये २४ हजार कित्ता बैंकको कर्मचारी, ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि वितरण गरिएको थियो । सेयर जारी पछि बैंकको चुक्ता पूँजी २० करोड पुग्ने छ । बैंकको अधिकृत पूँजी ४० करोड, जारी पूँजी २० करोड रहेको छ । बैंकले २०७१ असार मसान्त भित्र सेयर वाँडफाट गरी पूँजीकृती गर्ने लक्ष्य राखेको छ । सेयर निष्काशन प्रवन्धक एनएमबि क्यापीटल लिमिटेड हो ।
२०६८ कार्तिक ७ गतेवाट कारोवार आरम्भ गरेको बैंकको तीन जिल्लामा कार्य क्षेत्र रहेको छ । केन्द्रीय कार्यालय बुटवलमा रहेको बैंकले रुपन्देही, कपिलवस्तु र दाङमा सेवा दिइरहेको छ । 
सेयर निष्कासनलाई सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरु, एनएमवि बैंकका देशभरी रहेका २१ वटा शाखाहरु, तिनाउ विकास बैंक, सेवा विकास बैंक र काठमाण्डौंका मर्चेन्ट बैंकिङ्ग कारोवार गर्ने संस्थाहरु गरी ४७ स्थानवाट शेयर आवेदनको व्यवस्था मिलाएको थियो । 
बैंले कपिलवस्तु जिल्लाको पिपरा, वनगाइ, चन्द्रौटा रुपन्देहीको देवीनगर, भैरहवा, केरवानी त्यसगरी दाङ जिल्लाको घोराही र तुलसीपुरमा शाखा विस्तार गरेको छ । हाल छ वटा शाखा, दुई वटा विस्तारित शाखा र प्रधान कार्यालय बुटवल सहित ९ स्थानवाट बैंकले सेवा दिइरहेको छ । बैंकको हालसम्म एक अर्ब २० कारोड निक्षेप र एक अर्ब कर्जा लगानी रहेको छ । स्थापना देखिनै नाफामा संचालित वैंकको निष्कृय कर्जा छैन । बैंकबाट करीव १७ हजार ग्राहकहरुले सेवा लिदै आईरहेको बताएको छ । 
 

Tata
GBIME
Nepal Life