BIZMANDU
www.bizmandu.com

नबिल बै‌कले पुराना कार्ड प्रतिस्थापन गर्न इएमभी चिप प्रयोगमा ल्यायो, अब नयाँ क्रेडिट कार्ड

२०७१ जेठ २६

काठमाडौं। नबिल बैंक लिमिटेडले आफ्नो डेविट कार्ड कारोवार सुरक्षा अभिबृद्धि गर्ने उद्देश्य सहित इएमभी प्रविधिमा आधारित स्मार्ट चिपमा स्तर वृद्धि गरेको छ। नबिलको यस नयाँ नबिल स्मार्ट कार्डले हालसम्म डाटा भण्डारणको लागि चलिआएको म्याग्नेटिक स्ट्रिप शैलीलाई प्रतिस्थापन गर्ने छ। अबदेखि बैंकको भुक्तानी कारोबार थप सुरक्षित हुने विज्ञप्तिमा उल्लेख छ।
नबिल अत्याधुनिक तथा नविनतम वित्तिय सेवा तथा बैंकिंग प्रणाली शुरु गर्ने अग्रगामी बैंकको रुपमा रहिआएको छ। नयाँ चिप प्रविधिमा निहित विभिन्न सुरक्षा विशेषताहरुमध्ये एक 'पोइन्ट अफ सेल्स्' कारोबारका लागि पिन प्रमाणीकरण हो, जुन आजसम्म एटिएम कारोबारमा मात्र सिमित थियो। अब नबिलका डेविट कार्ड प्रयोग कर्ताहरुले प्वईन्ट अफ सेल्स कारोवार गर्दा कुनै पनि इएमभी कम्प्लाएन्ट टर्मिनलमा आफ्नो पिन नम्वर प्रयोग गर्नु पर्नेछ।
बैंकको यस नयाँ पहल बारे प्रमुख कार्यकारी अधिकृ अनिल ज्ञवालीले भने, 'हाम्रा ग्राहकहरुको लागि गुणस्तरीय सेवा प्रदान गर्दै जानेे प्रतिवद्धता अनुरुप बैंकले डेविड कार्ड प्रणालीमा स्तर वृद्धि गरेको हो।' बैंकले आफनो क्रेडिट कार्ड पनि चाँडैनै नयाँ प्रविधिमा स्तरोन्नती गर्ने तथा बजारमा रहेका पुराना म्याग्नेटिक स्ट्रिप प्रणालीमा आधारीत कार्डहरुलाई नयाँ नबिल स्मार्ट कार्डस्ले प्रतिस्थापन गर्ने जानकारी ज्ञवालीले दिए। बैंकका ४८ वटा शाखाका साथै ८५ वटा एटिएम, १३ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।

Tata
GBIME
Nepal Life