BIZMANDU
www.bizmandu.com

नेप्से परिसूचक करिब चार अंक बढ्यो, सेञ्चुरी कमर्सियलको २८० मा कारोबार रोकियो, बै‌किङमा वृद्धि

२०७१ जेठ २५

नेप्से परिसूचक करिब चार अंक बढ्यो, सेञ्चुरी कमर्सियलको २८० मा कारोबार रोकियो, बै‌किङमा वृद्धि
नेप्से परिसूचक करिब चार अंक बढ्यो, सेञ्चुरी कमर्सियलको २८० मा कारोबार रोकियो, बै‌किङमा वृद्धि

काठमाडौं। साताको पहिलो दिन आइतवार नेप्से ३.८८ अंकले बढेको छ । बीमा, होटेल समूहको परिसूचक घटेपनि बैंकिङ, जलविद्युत् कम्पनी समूहको परिसूचकमा सुधार भएपछि नेप्से बढेको हो । बीमा समूहको परिसूचक १३.५५ अंकले घटेको छ , कारोबारको मध्यसम्म बढ्दो क्रममा रहेको होटेल समूहको परिसूचक भने अन्त्यमा ३.७६ अंकले घटेको छ ।  
होटेल समूहका ओरियण्टल र तारागाँउ होटेलको मूल्य घटेपछि यो समूहको परिसूचक घटेको हो । पाँच सय ६० का किनबेच भइरहेको सोल्टि होटेलको सेयर मूल्य अन्त्यमा घटेर पाँच सय ५० मार करोबार भयो । होटेलको अघिल्लो दिनको अन्तिम मूल्य र आइतवारको अन्तिम मूल्य भने बराबर छ ।
 बैंकिङ समूहको परिसूचक ५.१५ अंकले र जलविद्युत् समूहको परिसूचक १.०३ अंकले बढेको छ । 
आइतवारबाट पहिलो कारोबार भएको सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य दुई सय ८० कायम भएको छ । बैंकको ९८ हजार ४९ कित्ता सेयर कारोबार भयो । बैंकको सेयर अधिकत्तम दुई सय ८४ रुपैयाँ र न्युनतम दुई सय ६० सम्ममा कारोबार भयो । 
आफु मार्फत् भएको सेयर कारोबार राफसाफ नगरेपछि आइतवार छ ब्रोकर कम्पनी कारोबारबाट आउट भए । सगरमाथा सेक्युरिटिज (ब्रो.१८), सिल्पा सेक्युरिटिज (ब्रो.२०), त्रिशुल सेक्युरिटिज (ब्रो.२९), प्रिमियर सेक्युरिटिज (ब्रो.३२), दिपशीखा धितोपत्र (ब्रो.३८) र इम्पेरियल सेक्युरिटिज (ब्रो.४५) कम्पनी आउट भएका हुन् । बजारमा कुल करोबार रकम पनि केही घटेर ३८ करोड रुपैयाँमा सिमित भएको छ । ब्रोकर कम्पनीहरु आउट भएपछि पनि कारोबार रकम केही घटेको हो । 
पछिल्लो समय एनसीसी बैंकको सेयर कारोबार बढ्ने क्रममा रहेको छ । बैंकको अइतवार पनि तीन करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो । बैंकको दुई हजार कित्ता, तीन हजार कित्ताको दरमा केही पटक म्याचिङ कारोबार पनि भएको देखिन्छ । कम्पनीको गत सातादेखि करोबार बढ्ने क्रममा देखिएको छ । इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंकको सेयर मूल्य नौं प्रतिशत र  काष्ठमण्डप डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्सको दुवैको सेयर मूल्य छ प्रतिशतले बढेको छ ।  
 

Tata
GBIME
Nepal Life