BIZMANDU
www.bizmandu.com

काठमाडौंका सडक दशैंसम्म पीच हुने प्रधानमन्त्रीको आश्वासन, मल समयमै पाइने

२०६९ भदौ १२

काठमाडौंका सडक दशैंसम्म पीच हुने प्रधानमन्त्रीको आश्वासन, मल समयमै पाइने
काठमाडौंका सडक दशैंसम्म पीच हुने प्रधानमन्त्रीको आश्वासन, मल समयमै पाइने

काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपत्यकाका सडक विस्तारको काम दशैंसम्म पुरा हुने विश्वास व्यक्त गरेका छन् । उपत्यकाको सडक विस्तार गर्दा विरोधको ठूलो सामना गर्नुपर्यो तर पनि सरकार पछि हटेन, उनले भने, दशैंसम्म सरकारले सडक पीच गर्छ  । उनले सरकारले बजेट ल्याउन नपाउँदा सुशासन र समृद्धिका काम रोकिएको बताए । गतवर्ष सरकारमा आएपछि पनि सहमतिका नाममा पुरानो बजेटलाई निरन्तरता दिनुपर्यो, यो वर्ष पनि बजेटमा वितण्डा मच्याएपछि सहमतिका नाममा बजेट ल्याउन सकिएन ।
बजेट नआउँदा शान्ति र समृद्धिका कार्यक्रमलाई अगाडी ल्याउन सकिएन, बजेट आएको भए वेरोजगारलाई एक सय दिनको रोजगारी ग्यारेन्टी हुन्थ्यो, उनले भने, तै पनि वैदेशिक रोजगारीलाई व्यवस्थित गरिएको छ, मालपोतमा हुने अनियमितता रोकिएको छ, राजस्व चुहावट रोक्न सरकारले तदारुक्ता देखाएको छ ।
यो वर्ष मल नपाउँदा भएको कटाक्षप्रति पनि प्रधानमन्त्रीले स्पष्टिकरण दिए, प्रधानमन्त्रीले भने मलका लागि बाहिरी बजारमा भर पर्नुपर्दछ, यो वर्ष समयमा बजारबाट ल्याउन सकिएन अर्को वर्षका लागि तयारी अहिले नै तयारी सुरु भएको छ । सरकारले लामो समयदेखि रोकिएपछि मलमा यसै वर्षबाट अनुदान सुरु गरेको जानकारी पनि दिए । प्रधानमन्त्री भट्टराईले अर्को पाँच वर्ष भित्र देशमै मल कारखाना खोलिने समेत बताए ।
उनले कृषिलाई प्राथमिकतामा राखेको र कृषिको रुपान्त्रणविना विकास सम्भव नहुने समेत बताए । सरकारले कृषिमा पाँच प्रतिशत कर्जा छुट्टयाउन बैंकलाई निर्देशन दिएको छ, पशुपालन र कृषी गरे नौ प्रतिशत व्याजमा ऋण पाइन्छ । प्रधानमन्त्री भट्टराईले दशैं, तिहार र छठलाई राहातमूलक कार्याक्रम ल्याउने जानकारी पनि दिए ।

Tata
GBIME
Nepal Life