BIZMANDU
www.bizmandu.com

हामाको हावा निस्कियो, नेको इन्सुरेन्स ढल्यो, सगरमाथाका सेयरधनी उचाईमा

२०६९ भदौ १२

हामाको हावा निस्कियो, नेको इन्सुरेन्स ढल्यो, सगरमाथाका सेयरधनी उचाईमा
हामाको हावा निस्कियो, नेको इन्सुरेन्स ढल्यो, सगरमाथाका सेयरधनी उचाईमा


काठमाडौं । अघिल्लो सातासम्म हामा मर्चेन्ट एण्ड फाइनान्सको सेयर मूल्य १६० को वरिपरि कारोवार भैरहेको थियो तर मंगलवार पनि प्रतिसेयर मूल्य १२ रुपैयाँ घटेपछि हामाका सेयरधनीले पछिल्ला चार कारोवारी दिनमा ५० रुपैयाँभन्दा बढी गुमाइसकेका छन् ।
गत आइतवार आर्थिक वर्ष २०६६÷६७ को वित्तीय विवरण प्रकासित गर्दै फाइनान्सले सम्भावित नोक्सानीमा तीन करोड ५२ लाख रुपैयाँ व्यवस्था गरेको र नाफा जम्मा चार लाख ३१ हजार रुपैयाँ गरेको जानकारी दिएपछि कम्पनीको ठूलो मात्रामा सेयर मूल्य ओरालो लागेको छ ।
भदौ ५ गते हामाको प्रतिसेयर १४ रुपैयाँ, आइतवार पनि १४ रुपैयाँ, सोमवार र मंगलवार १२÷१२ रुपैयाँको दरले सेयर मूल्य ओरालो लागेको हो । प्रतिशतका आधारमा वितेको तीन दिन लगातार हामा धेरै गुमाउने कम्पनीको सूचीमा छ । मंगलवार हामाको प्रतिकित्ता १०९ रुपैयाँमा कारोवार भयो ।
मंगलवार स्टक बजारमा सबैभन्दा बढी नेको इन्सुरेन्सका सेयरधनीले गुमाए । नेको इन्सुरेन्सका सेयरधनीले प्रतिसेयर १८ रुपैयाँका दरले गुमाएपछि कम्पनीको सेयर मूल्य फेसभ्यालु(१०० रुपैयाँ)मा झरेको छ । मंगलवार लाइफ इन्सुरेन्स कम्पनीका सेयरधनीले २० रुपैयाँ गुमाए ।
इन्सुरेन्स समूहमै धेरै गुमाउने भए भने यही समूहका अरु कम्पनी मंगलवार मालामाल पनि भए । सगरमाथा इन्सुरेन्स कम्पनीका सेयरधनीले एकै दिन ५० रुपैयाँको वृद्धि पाए । सगरमाथाको सेयर मूल्य ५०५ रुपैयाँबाट बढेर ५५५ रुपैयाँमा पुग्यो ।
एशियन लाइफ इन्सुरेन्सका सेयरधनीले १७ रुपैयाँको वृद्धि पाए, गुँरास लाइफका सेयरधनीले ११ रुपैयाँ, सूर्या लाइफ इन्सुरेन्सका सेयरधनीले पनि ११ रुपैयाँ कमाए ।

Tata
GBIME
NLIC