BIZMANDU
www.bizmandu.com

सेयरमा दैनिक ५० करोडमाथिको कारोबार, पुँजी ओइरिन थालेकै हो? के भन्छन् ब्रोकर र लगानीकर्ता?

२०७१ जेठ २१

सेयर बजार केही दिनयता बढेको मात्रै छैन कारोबार रकममा पनि उल्लेख्य सुधार देखिन थालेको छ।
सेयर किनबेच ५० करोड रुपैयाँभन्दा माथि पुग्न थालेपछि हामीले
सेयर ब्रोकर र लगानीकर्ताहरुलाई सोधेका थियौं– कारोबार रकम बृद्धिले के संकेत गर्छ? 
……

सीमित पुँजीलाई ब्यापक परिचालन गर्दै लगानीकर्ताः सिजापति 
केही दिन यता कारोबार रकम बढेर फेरी ५० करोडको हाराहारीमा पुगेको छ। प्रमूख कारण त कम्पनीहरु सबैजसोको मूल्य वृद्धि हुनु नै हो। उदाहरणकै रुपमा हेर्दा एभरेष्ट बैंकको एक हजार कित्ता सेयर किन्न पहिले सात लाख भए पुग्थ्यो भने अहिले १४ लाख लाग्ने अवस्था छ। त्यसैले पनि कारोबार रकम बढेको हो। 
अर्काेतर्फ बजारमा लगानी योग्य रकम पर्याप्त छ। त्यसले गर्दाले लगानीकर्ताले बढेको मूल्यमा पनि सेयर किन्न सकिरहेका छन्। अहिले बिटी रसिदको आधारमा लगानीकर्ताले ११ प्रतिशत व्याजदर र सेयर प्रमाणपत्रको आधारमा नौं प्रतिशत व्याजदरमा नै कर्जा पाइरहेका छन्। 
लगानीकर्ताहरु व्यापक रुपमा पोर्टफोलियो परिवर्तन गरिरहेका छन्, बीमाबाट होटेल, बैंकबाट हाइड्रोपावरमा जाने आउने क्रम बढिरहेको छ। अहिले लगानीकर्ताहरु आफ्नो सिमित पूँजीलाई पनि व्यापक परिचालन गरिरहेका छन्। समग्रमा लगानीकर्ताहरु पनि बढेका छन। पहिले दैनिक एक हजार पटकसम्म सेयर कारोबार हुने गरेकोमा अहिले तीन, चार हजारसम्म हुन्छ। 
बजारमा सूचीकृत सेयर बढि भयो यसले गर्दा पनि लगानीकर्ताले सेयर सर्टेजको समस्या भोग्नु परेको छैन। अहिले पनि किन्ने चाप नै बढि छ। त्यसैगरी, हामीले करोबार गर्न दुई वटा लगइन पाएका छौं, धेरै नभएपनि कारोबार बढ्न यसले पनि सहयोग पुर्‍याएको छ। अहिलेको प्रवृत्ति हेर्ने हो भने  अबको केही महिनामा दैनिक एक अर्ब रुपैयाँको कारोबार हुनु सामान्य जस्तो हुने छ। तर राफसाफ प्रक्रिया भने चाँडो हुन जरुरी छ। 
 
निरन्तर बजार बढे केहीलाई बाहेक बाँकीलाई बेफाइदा :  तिमल्सिना 
अहिले बजारमा भइरहेको कारोबार वृद्धिले लगानीकर्ताको संख्यामा वृद्धि भएको नै देखाउँछ। नया लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन्। केही दिन अघिसम्म बढ्न रोकिएको जस्तो देखिएको बैंकिङ समूहमा पनि वृद्धि देखिएको छ।
यो समूहका केही बैंकहरुको मूल्य नेप्से सात सय अंक मुनी हुँदा जति थियो अहिले पनि त्यस्तै देखिएको छ। यसले गर्दा पनि कम्पनीहरुको मूल्य बढ्न थालेको हो। जुन कम्पनीको आधारभुत पक्ष बलियो छ, तिनीहरुको मूल्य बढ्ने क्रममा छ। 
बजार अहिले उत्साहित छ तर यो भनेर सँधै भाउ बढिरहन्छ भन्ने सोच भने लगानीकर्ताहरुमा हुनु हुदैन। लगातार बढिरहँदा पनि केहीलाई बाहेक अन्य लगानीकर्तालाई समस्या हुन सक्छ। 
तेस्रो त्रैमाशमा कम्पनीहरुको वृद्धिदर राम्रो रहेकोले चौथो त्रैमाशमा पनि राम्रो हुने आंकलन गर्न सकिन्छ। बिगतमा पनि कम्पनीहरुको चौथो त्रैमाशमा नाफा तेस्रो त्रैमाशको तुलनमा उल्लेख बढ्ने गरेको देखिदैआएको छ।
यसपटक पनि त्यही अपेक्षा लगानीकर्ताहरुमा छ। कतिपय कम्पनीहरुकेा सेयर मूल्य मर्जर लगायतका हल्लाले पनि बढ्ने गरेको छ।
अर्काेतर्फ कम्पनीहरुले पनि पहिले मर्जरको कुनै सोच छैन भन्ने तर केही महिना मै मर्जरमा जाने चलन रहेकोले पनि लगानीकर्ताहरुले सहि, गलत छुट्याउन सकेका छैनन्।   
 

कारोबार रकमलाई हेर्दा नेप्सेले ११ सय अंकलाई नाघिसक्यो :  ढकाल

Tata
GBIME
Nepal Life
 
अहिले बजार र कारोबारमा भइरहेको वृद्धि स्वभाविक नै हो। अर्थतन्त्र सकारात्मक रहेकाले पनि बजार बढ्नु ठिकै देखिएको छ। बिशेष गरि बजेट समयमा आउने भएको छ, बैदेशिक लगानीहरुको प्रतिवद्धता आइसकेको छ  र अर्थतन्त्रका म्याक्रो इकोनोमीका सुचकहरुमा पनि सुधार भएको छ।
यसले गर्दा लगानीकर्ताहरुको कन्पि्कडेन्स बढेको छ। अर्थतन्त्रमा सुधार हुँदै जाने हो भने बजार बार्षिक २० प्रतिशतले वृद्धि हुनु स्वभाविक नै हो।
यदि जिडिपी ५० प्रतिशतले बढ्छ भने बजार त्यो अनुपातमा ३० प्रतिशतले बढ्दा खासै फरक पर्दैन। तर एकै चोटी बजार दुई तीन बर्षमा हुनुपर्ने वृद्धि एकै बर्षमा हुनु राम्रो होइन।
यस्तो भएमा सबै लगानीकर्ताले प्रोफिट बुकिङ गर्न पाउँदैनन्, बाहिरिन पनिसमस्या हुन्छ। आखिर हाम्रा धेरै लगानीकर्ताले कर्जा लिएरै लगानी गरेका हुन्छन्। यदि एक्जिट हुन समस्या पर्‍यो भने उनीहरु अफ्ठयारोमा पर्न सक्छन्। 
बजारले नया रेर्कड बनाउनु सामान्य नै हो। अझ हाम्रो सन्दर्भमा हेर्ने हो भने नेप्से ११७५ हुँदा कुल बजार पूँजीकरण ६.५ अर्ब रुपैयाँको थियो। अहिले नेप्से आठ सयको हाराहारी हुँदै कुल बजार पूँजीकरण आठ सय अर्ब छ। यसले नै देखाउँछ कि हामीले यथार्थमा ११७५ को तह त तोडिसक्यौं।
बजार बढ्न अहिले प्रसस्त कारणहरु देखिएका छन्। जस्तो कि, अबको केही सातापछि नै कम्पनीहरुको बार्षिक वित्तीय विवरण आउने छ। आउँदो बजेटले गैरआवासीय नेपाली र बैदेशिक प्रत्यक्ष लगानीलाई सेयर बजारमा प्रवेश गराउने व्यवस्था गर्ने चर्चा चलिरहेको छ। यी पक्ष पनि बजार वृद्धिको सहायकको रुपमा देखिएका छन्।