BIZMANDU
www.bizmandu.com

नेप्सेमा ११ अंक वृद्धि, बनायो अर्काे रेकर्ड , पुग्यो ८८० मा , सबै सूचक बढे , ५३ करोड कारोबार

२०७१ जेठ १९

नेप्सेमा ११ अंक वृद्धि, बनायो अर्काे रेकर्ड , पुग्यो ८८० मा , सबै सूचक बढे , ५३ करोड कारोबार
नेप्सेमा ११ अंक वृद्धि, बनायो अर्काे रेकर्ड , पुग्यो ८८० मा , सबै सूचक बढे , ५३ करोड कारोबार

काठमाडौं। सोमवार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १०.९९ अंकले बढेर ८८०.१७ मा पुग्यो । बजारमा कारोबारमा आएका सबै समूहको परिसूचकमा सुधार भएपछि नेप्से बढेको हो । बीमा समूहको सूचक ५७ अंक, जलविद्युत् समूह २३ अंक र बैंकिङ समूह ९.६३ अंकले बढ्यो । नेप्सेमा भएको यो वृद्धि संगै नेप्से २०६५ कात्तिक ११ गतेको उचाईमा आइपुगेको छ । त्यो समय नेप्से ८८१ अंकमा रहेको थियो । पाँच बर्ष सात महिना यताकै उचाईमा नेप्से आइपुगेको हो ।
सोमवार १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य दुई प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य एक सय ८९ रुपैयाँ रह्यो । त्यस्तै, २० प्रतिशत नगद लाभांशको योजना रहेको जानकारी  कम्पनीको आधिकारीक व्यक्तिहरुबाट आएपछि कास्की फाइनान्सको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य दुई सय तीन रुपैयाँ पुगेको छ ।
बैंकिङ समूहका एभरेष्ट बैंक, कृषि बिकास बैंक, ग्लोबल आइबी बैंक, हिमालयन, कुमारी, मेगा, नबिल, नेपाल बैंक, एनसीसी बैंकको सेयर मूल्य बढेको छ । एनसीसी बैंकको सेयर मूल्य ३० रुपैयाँले बढेको छ भने कारोबार पनि तीन करोड २४ लाख रुपैयाँको भएको छ ।  
२० अंकसम्म घटेको बीमा समूहको परिसूचक कारोबारको अन्त्यतिर बढेको हो । बीमा समूहका एलाइन्स, एभरेष्ट, नेको, एनएलजी, युनाइटेड, सगरमाथा , नेपाल लाइफ लगायतका कम्पनीहरुको मूल्य बढेको छ ।अरुणभ्याली, बुटवल, नेशनल र सानिमामाइको सेयर मूल्य बढेपछि यो समूहको सूचकमा वृद्धि भएको हो । चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्य भने घट्यो, तर कम्पनीको सात करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । 

Tata
GBIME
Nepal Life