BIZMANDU
www.bizmandu.com

पर्यटनमन्त्रीको आह्वानलाई होटल संघले स्वागत गर्यो, वार्ताबाट समाधान निस्कने विश्वास

२०७१ जेठ १९

काठमाडौं। नेपाल पर्यटन बोर्डभित्र भएको अनियमितताबारे आन्दोलनरत पर्यटन व्यवसायीलाई बार्तामा आउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिम आचार्यले गरेको आह्वानलाई होटल संघ नेपाल (हान)ले स्वागत गरेको छ।
वार्ताको आह्वानले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधान हुने तथा आगामी दिनमा पर्यटन बोर्डले नेपालको पर्यटन प्रबर्द्धनमा अझ सशक्त भूमिका खेल्ने विश्वास संघले लिएको छ।
'वार्ताबाट पर्यटन उद्योगमा पर्न गएको धुमिल छवि अन्त्य हुन गई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा हुने नेपाल स्थापित हुने विश्वास लिएका छौं' संघले विज्ञप्तिमा उल्लेख गरेको छ।
पर्यटन व्यवसायीहरु बोर्डका निमित्त कार्यकारी अधिकृत सुभाष निरौलाको विरोधमा एक महिना अघिदेखि आन्दोलनमा छन्। आन्दोलनरत व्यवसायीलाई पर्यटन मन्त्री आचार्यले वार्तामा आउन आग्रह गरेका हुन्।

Tata
GBIME
Nepal Life