BIZMANDU
www.bizmandu.com

दूरसञ्चार प्राधिकरण अध्यक्ष खोज्न समिति, पश्चिम सेतीको एमओएम स्वीकृत

२०६९ भदौ ११

काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा सिफारिश गर्न समिति गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरण अध्यक्षको नाम सिफारिश गर्न सञ्चार सचिव सूर्य सिलवालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । प्राधिकरणका अध्यक्ष भेषराज कंडेलले राजिनामा दिएपछि दूरसञ्चार प्राधिकरणको कार्यकारी पद खाली छ ।
बैठकले सोमवार थ्री गर्जेजको होल्डिङ कम्पनी र लगानी बोर्डवीच सहमति भएको ‘माइन्युट्स अफ मिटिङ’ (एमओएम) मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ । अर्थमन्त्री वर्षमान पुन संयोजक रहेको यो समितिबाट प्रस्ताव स्वीकृत भएपछि पश्चिम सेतीमा थप काम अघि बढाउन बाटो खुल्नेछ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रधानसेनापतिमा गौरवशमसेर राणालाई नियुक्त गर्न राष्ट्रपति सिफारिश गर्ने निर्णय पनि गरेको छ । सोमवारको बैठकले बेपत्ता नागरिक खोजबिन आयोग गठन अध्यादेश राष्ट्रपति समक्ष पठाएको छ भने स्वास्थ्य सेवा, शिक्षा सेवा, निजामती सेवा ऐन अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

Tata
GBIME
NLIC