BIZMANDU
www.bizmandu.com

एडिएसएलको गुणस्तर सुधार गर्दै टेलिकम, इन्टरनेट आउँदैजाँदै गर्ने समस्या अझै केही दिन रहने

२०७१ जेठ १२

एडिएसएलको गुणस्तर सुधार गर्दै टेलिकम, इन्टरनेट आउँदैजाँदै गर्ने समस्या अझै केही दिन रहने
एडिएसएलको गुणस्तर सुधार गर्दै टेलिकम, इन्टरनेट आउँदैजाँदै गर्ने समस्या अझै केही दिन रहने


काठमाडौं । नेपाल टेलिकमले एडिएसएल इन्टरनेटको गुणस्तर बढाउन सिस्टम अद्यावधिक गरिरहेको छ ।
काठमाडौं उपत्यकाभित्र एडिएसएलको गुणस्तर राम्रो नभएको उपभोक्ताले गुनासो गरेपछि टेलिकमले गुणस्तर बढाउन लागेको हो ।
केहीदिन यता एडिएसलमा कहिले इन्टरनेट चल्ने कहिले बन्द हुने समस्या आइहरेको छ । टेलिकमका वरिष्ठ इन्जिनियर विमलेश झाका अनुसार एडिएसएलमा समस्या आएकोले सिस्टम अपग्रेडको काम भइहरहेको छ । उनी भन्छन्, 'उपत्यकाका ग्राहकले एडिएसएलको सेवा राम्रो भएन भनेर गुनासो गरिरहनु भएको छ। अहिले फेरी समस्या झेलिरहनुभएको छ । हामी समस्या समाधान गर्दै छौँ । अझै केही दिन समस्या भइरहन्छ ।'
टेलिकमले अहिले इन्टरनेट विलिङ सिस्टम (आइविएस)लाई अद्यावधिक गरिरहेको छ । अहिले उपत्यकामा कतिपय एडिएसएल प्रयोगकर्ताको घरमा इन्टरनेट नै चलेको छैन भने कतिपय ग्राहकको एकछिन चल्ने र बन्द हुने समस्या आएको छ । वररिष्ठ इन्जिनियर झा भन्छन्, 'हामीले  आइविएस पनि अपग्रेड गरिरहेका छौँ ।' उनका अनुसार उपत्यका बाहिर भने एडिएसएलमा कतै समस्या आएको छैन ।
झाका अनुसार अन्य हार्डवेयरमा पनि समस्या आएकोले फेर्ने काम भइरहेको छ । त्यसैले केही समय ग्राहकले एडिएसएलमा झल्दै आएको समस्या रहिरहेने झा बताउँछन् । 'हामीले यति नै दिनमा समस्या समाधान हुन्छ भनेर भन्न सक्दैनौँ । हार्डवेयर र आइविएसमा सुधार गरेपछि उपभोक्ताले अहिलेको जस्तो असुविधा पाउनुपर्दैन,' उनले भने ।

 

Tata
GBIME
Nepal Life