गुरुङ्ग र मोदी निकट प्रिन्सेस अफ बडोदराकी राजकुमारी आशाराजे गायकवाडले १११ मेगावाटको जलविद्युत परियोजनामा संयुक्त लगानीको तयारी गरिरहेका छन् । नेपालको राणा परिवारकी छोरी गायकवाडले बडोदराका राजकुमारसँग विवाह गरेकी थिइन् । बडोदरा मोदीको संसदीय क्षेत्र हो । भारतीय काँग्रेस पार्टीका युवा नेता ज्यातिरआदित्य सिन्धियाकी सासु गायकवाडले यो चुनावमा मोदीका पक्षमा लागेकी थिइन् । उनले भारतमा रहेका डेढ करोड नेपालीभाषिलाई मोदीका पक्षमा तान्न उनले भूमिका निर्वाह गरेकी थिइन् ।
काठमाडौँ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी शपथ ग्रहणअघि नै पशुपतिनाथ मन्दिर दर्शनका लागि नेपाल आउने संभावना बढेको छ।
विशेष विमानबाट आजै साँझ मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र त्यहाँबाट सीधै पशुपति प्रस्थान गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको स्वागतका लागि अति विशिष्ट कक्ष पुगेका दीपेन्द्र गुरुङले बताए।
(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = “//connect.facebook.net/en_US/all.js#xfbml=1”; fjs.parentNode.insertBefore(js, fjs); }(document, ‘script’, ‘facebook-jssdk’));
तस्बिरमा भारतीय राष्ट्रिय झण्डासमेत रहेको देखिन्छ। गुरुङ नेपालमा सञ्चालन भइरहेको भारतीय अभिनेता सलमान खान प्रवर्ध्दित बिइङ ह्युमन फेसन स्टोरका सञ्चालक हुन्। उनी गुजरातको बडोदराकी राजकुमारी आशा राजे गायकवाड निकट छन्। नेपालको राणा खलकमा जन्मेकी गायकवाडले भारतको चुनावमा नेपाली भाषीलाई मोदीका पक्षमा उभ्याइएकी थिइन्।
(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = “//connect.facebook.net/en_GB/all.js#xfbml=1”; fjs.parentNode.insertBefore(js, fjs); }(document, ‘script’, ‘facebook-jssdk’));
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भारतीय चुनाव अगाडि उनै गायकवाडले मोदीसित भेट गराएकी थिइन्। तस्बिरमा देखिएकी महिला गायकवाड हुन्। गुरुङ र गायकवाडले मिलेर नेपालमा १११ मेगावाटको घान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्दैछन्।
पाञ्चजन्य हाइड्रोपावरमा गायकवाड अध्यक्ष र गुरुङ कार्यकारी निर्देशक छन्। विमानस्थलको अति विशिष्ट कक्षबाट गुरुङले बिजमान्डुलाई भने, 'आजै दिउँसो मोदी नेपाल आउने कार्यक्रम थियो, अहिले सरेर साँझ पुर्याइएको छ।'
उनले भने, 'उहाँ आधा घण्टाका लागि आउने हो, यहाँ हुँदा कसैलाई भेट्नु हुने छैन, पशुपतिमा विशेष पूजा गरेर फर्किहाल्नु हुनेछ।'
उनले फेसबुकमा मोदीको स्वागतका लागि विमानस्थलको अति विशिष्ट कक्षमा पर्खँदै गरेको फोटो समेत राखेका छन्।
यद्यपि सुरक्षा निकाय, गृह प्रशासन कसैले पनि यसको पुष्टि गरेको छैन।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले 'यसबारे आधिकारिक जानकारी आइनसकेको' बिजमान्डुलाई बताए।
'मोदी दिल्लीमा हुनुहुन्छ, नेपाल आउने मलाई जानकारी छैन,' टण्डनले भने।
भारतका १४ औँ प्रधानमन्त्रीका रुपमा मोदीले आउँदो साता शपथ ग्रहण गर्ने कार्यक्रम छ। तर मिति निश्चित भइसकेको छैन। शपथका लागि दक्षिण एसियाका सरकार प्रमुखहरुलाई निमन्त्रणा गरिएको छ। प्रधानमन्त्री सुशील कोइराला समारोहमा सहभागी हुन सोमबार भारत जाँदैछन्।
भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि एयर इन्डियाले एआई-वन वा एआईसी००१ कल साइन भएको विमान प्रयोग गर्ने गर्छ।