BIZMANDU
www.bizmandu.com

डिडिसीले फेरी दूधकाे मूल्य बढायाे, हरियाे प्याकेट दुर्इ रुपैयाँ वृद्धि, गार्इकाे दूध लिटरकाे ६४

२०७१ जेठ ७

डिडिसीले फेरी दूधकाे मूल्य बढायाे, हरियाे प्याकेट दुर्इ रुपैयाँ वृद्धि, गार्इकाे दूध लिटरकाे ६४
डिडिसीले फेरी दूधकाे मूल्य बढायाे, हरियाे प्याकेट दुर्इ रुपैयाँ वृद्धि, गार्इकाे दूध लिटरकाे ६४

काठमाडाै‌ । दुई महिनाअघि मात्रै दूधको मूल्य बढाएको दूग्ध विकास संस्थानले फेरी मूल्य बढाएको छ । जेठ १ गतेदेखि नै लागु हुने गरी संस्थानले सुटुक्क मूल्य बढाएको हो । संस्थालने पछिल्लोपटक फागुन २८ गते दूधको मूल्यमा व्यापक वृद्धि गरेको थियो ।
संस्थानले हरियो प्याकेटको दूधको मूल्यमा २ रुपैयाँ बढाएर प्रति लिटर ७० रुपैयाँमा बिक्री गरिरहेको हो । संस्थानले गाईको शुद्ध दूध (काऊ मिल्क) को भाऊ समेत बढाएको छ । संस्थान प्रवक्ता गिरिधर बज्राचार्यका अनुसार काऊ मिल्कको भाऊ प्रतिलिटर चार रुपैयाँ वृद्धि गरी ६४ रुपैयाँ पुर्‍याइएको छ । ‘१ जेठबाट लागू हुने गरी क्रिम दूध (हरियो प्याकेट) र काऊ मिल्कको मूल्य बढाइएको छ,’  प्रवक्ता बज्राचार्यले भने ।
छोटो अवधिमा अत्यावश्यकीय दूधको मूल्य बढेको प्रति भने उपभोक्तावादीहरुले असन्तुष्टि पोखेका छन् ।
पटक पटक दूधको मूल्य बढाएपछि उपभोक्ता आक्रोशित हुने डरले संस्थानले दूधको मूल्य बढाएकोबारे कसैलाई जानकारी गराएको छैन । उपभोक्ता महासंघका महासचिव ज्योति बानियाँका अनुसार कतिपय उपभोक्ताले दूधको मूल्य बढेको जानकारी समेत पाएका छैनन् ।
'कसैले थाहा नपाउनेगरी मूल्य बढाउन भनेको उपभोक्तालाई ठग्नु हो,' उनी भन्छन्, ' संस्थानले दुई महिनाकोबीचमा मूल्य बढाएर उपभोक्तालाई महँगीको भार पारेको छ ।'
संस्थानले मूल्यबढाएपछि हरियो प्याकेटको दूध प्रतिपोका ३५ रुपैयाँ र काऊ मिल्को प्रतिपोका ३२ रुपैयाँ बजार मूल्य पुगेको छ । एक पोकामा आधा लिटर दूध हुन्छ । संस्थानले साधारण (निलो प्याकेटको) दूधको मूल्य भने वृद्धि गरेको छैन । निलो प्याकेटको दूध २८ रुपैयाँ प्रतिपोकामै बिक्री भइरहेको संस्थानले जनाएको छ । अहिले माग अनुसार उत्पदन हनु नसक्दा प्रशोधन लागत बढेका कारण मूल्य बढाइएको प्रवक्ता बज्राचार्यले दाबी गरे ।
संस्थानले यसअघि २८ फागुनमा पनि दूधको मूल्य बढाएको थियो । त्यतिखेर साधारण निलो प्याकेटको दूधको मूल्य २५ रुपैयाँबाट बढाएर प्रतिपोका २८ रुपैयाँ पुर्‍याएको थियो । त्यस्तै हरियो प्याकेटको दूधको मूल्य ३० रुपैयाँबाट बढाएर प्रतिपोका ३४ रुपैयाँ पुर्‍याएको थियो ।
यसैगरी डिडिसीले दुई हप्ताअघि दही र पनिरको पनि मूल्य बढाएको थियो ।
त्यतिखेर दहीमा प्रतिकिलो १० रुपैयाँ बढाएर बजारमूल्य सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै पनिरको प्रतिकेजी ४० रुपैयाँ बढाएर बजार मूल्य चार सय ७० रुपैयाँ पुर्‍याएको छ ।

Tata
GBIME
Nepal Life