BIZMANDU
www.bizmandu.com

एभरेष्ट ग्यासलाई बैंकको ऋण बुझाउन ऋण असुली न्यायाधिकरणको आदेश

२०६९ भदौ ११

काठमाडौं । ऋण असुली न्यायाधिकरणले कीर्तिपुर चाल्नाखेलमा रहेको तत्कालिन एभरेष्ट ज्योति(एभरेष्ट ग्यास)लाई दश लाख रुपैयाँ नेपाल एसबिआई बैंकलाई तिर्न आदेश दिएको छ । न्यायाधिकरणले सात दिनभित्रै यो रकम र अहिलेसम्मको व्याज समेत तिर्न एभरेष्ट ग्यासलाई आदेश दिएको हो ।
सात दिनभित्रै रकम बुझाउन नआएमा चाल्नाखेल गाविस वडा नम्बर ५मा रहेको एभरेष्ट ज्योति ग्यास प्रालिको चलअचल जाय जेथाबाट बादी बैंकलाई भराइनेछ, न्यायाधिकरणको फैसलामा उल्लेख छ । एभरेष्ट ज्योति अहिले एभरेष्ट ग्यासको नाममा सञ्चालनमा छ ।
चाल्नाखेलमा रहेको यो ग्यास भित्र अक्सिजन प्लान्ट समेत रहेको छ । सरकारले एलपी ग्यास र अक्सिजन प्लान्ट एकै स्थानमा चलाउन नमिल्ने भन्दै सार्न निर्देशन दिए पनि अहिलेसम्म हटाइएको छैन । एलपी ग्यास र अक्सिजन एकै स्थानमा हुँदा आगोलागीको सम्भावना बढी हुन्छ भने अक्सिजनमा फोहोरको कण जानसक्ने सम्भावना बढी रहन्छ । एभरेष्ट ग्यासको फूटरिङ र नेकरिङको मुद्धा समेत विचाराधिन छ ।

Tata
GBIME
Nepal Life