BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंक आफ्नै निर्देशनबाट पछि फर्कदै, कार्यकारी र सञ्चालकले ऋण लिन पाउने

२०६९ भदौ ११

राष्ट्र बैंक आफ्नै निर्देशनबाट पछि फर्कदै, कार्यकारी र सञ्चालकले ऋण लिन पाउने
राष्ट्र बैंक आफ्नै निर्देशनबाट पछि फर्कदै, कार्यकारी र सञ्चालकले ऋण लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ महिनाअघिको निर्देशन उल्टाउँदै बैंक तथा वित्तीय संस्थाका सञ्चालकका कम्पनीलाई ऋण दिन पाउने व्यवस्था गर्ने भएको छ । एकिकृत निर्देशनमार्फत बैंकका सञ्चालकले बैंक तथा वित्तीय संस्थाबाट आफ्ना कम्पनीका नाममा ऋण लिन नपाउने व्यवस्था गरेको थियो । बैंकका सञ्चालक तथा प्रमुख कार्यकारीहरुले ऋण लिन नपाए भएकै उद्योग धन्दा चलाउनसमेत नसक्ने गुनासो गरेपछि राष्ट्र बैंकले डेढ महिनाअघिको निर्देशन उल्टाउन लागेको हो । राष्ट्र बैंकले उद्योगी  व्यापारीले बैंक चलाउन हुन्न भन्ने सन्देशसहित वाहिरिन दवावका लागि निर्देशन जारी गरेको थियो ।
राष्ट्र बैंकले सञ्चालक र उसको एकाघर परिवारका सदस्य व्यवस्थापक, साझेदार, एजेन्ट वा जमानतकर्ता भएको वा उसको प्रत्यक्ष वित्तीय स्वार्थ भएको व्यक्ति, फर्म, कम्पनी संस्थालाई ऋण दिन नपाउने व्यवस्था गरेको थियो । यसै साता शंशोधनसहित जारी हुने निर्देशनपछि सञ्चालकले व्यक्तिगत र आफ्ना फर्म र कम्पनीका नाममा व्यवसायिक कर्जा लिन पाउने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुले हायर पर्चेजलगायत व्यक्तिगत कर्जा मात्र लिन पाउने व्यवस्थालाई समेत खुकुलो बनाइने भएको छ । कर्मचारीहरुले व्यवसाय गर्ने वाहेक सवै खालको ऋण लिन पाउने छन् । बैंकका सञ्चालक र कर्मचारीहरुले ऋण बन्देज गर्दा अन्याय भएको गुनासो गरेपछि खुकुलो बनाइएको हो, स्रोतले भन्यो, तर राष्ट्र बंैक व्यवसायीले बैंक चलाउन हुन्न भन्ने पक्षमा नै छ । समयसँगै यसलाई कसिलो बनाएरै छाड्छौं । अहिले सवैजसो औद्योगिक र व्यापारिक घरानाको बैंक तथा वित्तीय संस्था छन् ।
स्रोतका अनुसार, राष्ट्र बैंकका कर्मचारीले ओभरड्राफ्टलगायतका सुविधा प्रयोग गर्न पाइरहेका बेला बैंकका कर्मचारीलाई मात्र बन्देज लगाउँदा यसले नकारात्मक असर पारेपछि खुकुलो नीति बनाउन वाध्य भएको हो । राष्ट्र बैंकले प्रमुख कार्यकारीले जति वर्ष बैंकमा विताए पनि एउटा वाहेक अर्को गाडी फेर्न नपाउनेलगायतको समेत व्यवस्था गरेको छ । यो व्यवस्थालाई भने राष्ट्र बैंकले निरन्तरता दिने छ ।
तर बैंकरले भने पाँच वर्षका लागि आएका गभर्नर र डेपुटी गभर्नरहरुले कार्यालय प्रयोजन, घरायसी प्रयोजन र घर लैजाने गरी तीन वटा गाडी प्रयोग गर्न पाउँदा सिइओले पनि उसले बैंकमा विताउने समय अनुसार गाडी सुविधा लिन पाउनु पर्ने बताउँदै आएका छन् ।

Tata
GBIME
Nepal Life