BIZMANDU
www.bizmandu.com

सिभिल बैंक अब सल्यान र रुकुममा पनि, अर्को साता विभिन्न स्थानमा थप ६ वटा शाखा खोल्दै

२०७१ जेठ १

काठमाडौं। सिभिल बैंक लिमिटेडले सल्यान र रुकुममा शाखा स्थापना गरेको छ। यी दुबै स्थानमा विहीबार शाखा स्थापना गरिएको हो। नयाँ शाखाबाट पनि बैंकका अन्य शाखाहरु झै अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
मुलुकको समग्र कृषि क्षेत्रको विस्तार एवं आधुनिकिकरणका लागि थप सहयोगी बन्न आफ्नो उपस्थिती बढाउँदै लगिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए। साथै यी नयाँ शाखाबाट स्थानीय उद्यमीलगायत सर्वसाधारण लाभान्वित हुने विश्वास बैंकको छ।
अर्को साता बैंकले पुर्वाञ्चल क्षेत्रको ओखलढुङ्गा र जनकपुर, पश्मिाञ्चलको धनगढी तथा उपत्यकाको कपन,  स्वयम्भू र जावालाखेल समेत गरी ६ वटा नयाँ शाखा स्थापना गर्ने जनाएको छ। थप ६ शाखा सञ्चालन पछि बैंकको कूलशाखा संख्या ४० पुग्नेछ।

Tata
GBIME
NLIC