BIZMANDU
www.bizmandu.com

काठमाडौंबाट लण्डन र न्युयोर्कका लागि भर्जिन एटलान्टिकले सस्तो टिकट

२०६९ भदौ ११

काठमाडौंबाट लण्डन र न्युयोर्कका लागि भर्जिन एटलान्टिकले सस्तो टिकट
काठमाडौंबाट लण्डन र न्युयोर्कका लागि भर्जिन एटलान्टिकले सस्तो टिकट


काठमाडौ । बेलायती ट्राभल एजेन्सी भर्जिन एटलान्टिकले बेलायत र अमेरिकाका लागि नेपालमा सबैभन्दा सस्तो हवाई भाडा सार्वजनिक गरेको छ । यो अहिलेसम्मकै सस्तो भाडादर भएको कम्पनीको दावी छ । काठमाडौ –लन्डनको दुईतर्फी करबाहेक भाडा ३० हजार मात्रै छ । कम्पनीले काठमाडौं–न्युर्योकको दुईतर्फी भाडा ४९ हजार २९ रुपैयाँ, काठमाडौं– सनफ्रान्सिस्कोको दुईतर्फी भाडादर ५९ हजार ५ सय ७२ रुपैयाँ र काठमाडांै–लसएन्जेलस्को भाडादर ५८ हजार ३ सय ४० रुपैयाँ तोकेको छ । यो काठमाडौंबाट दिल्ली हुँदै जाने इकोनोमी क्लासको टिकट भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले काठमाडौ– बोस्टनको दुईतर्फी भाडादर ८७ हजार ९ सय ९९ रुपैयाँ र काठमाडौ– वासिङटन डीसीको दुईतर्फी भाडादर ८७ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार यो दुबै भाडादर कर वाहेकको हो ।  दिल्ली हुँदै जाने रुटमा जेट एयरवेज वा एयर इन्डियाबाट उडान हुने छ भने दोहा हुँदै जाने उडान कतार एयरवेजले गर्ने कम्पनीले जानकारी दिएको छ । नेपालमा मार्कोपोलो ट्राभल्सबाट यो टिकट किन्न सकिन्छ ।

Tata
GBIME
Nepal Life