BIZMANDU
www.bizmandu.com

एभरेष्टको नाफा अर्ब नाघ्यो, चार्टर्डको अर्बभन्दा छ लाख रुपैयाँ कम, एसबिआइको नाफा साढे ६७ करोड

२०७१ बैशाख २६

काठमाडौं। विदेशी लगानीका तीन ठूला बाणिज्य बैंकले शुक्रबार चालु बर्षको तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) को वित्तीय विवरण प्रकाशित गर्दै नाफा बृद्धी भएको जनाएका छन्। 
 
एभरेष्ट बैंकले गत बर्षजस्तै नाफा
एक अर्ब रुपैयाँ कटाएको छ। बैंकले चैतसम्म
एक अर्ब आठ करोड रुपैयाँ नाफा
गरेको हो। यो नाफा गत बर्षको
चैतभन्दा करिव पाँच करोडले बढी हो। 

एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल एसबिआइ बैंकले नाफा बढेको विवरण प्रकाशित गरेका हुन्। तीन बैंकमध्ये एभरेष्ट बाहेक बाँकी दुई वटाले डुबेको कर्जा उठाएका कारणले नाफामा सुधार गरेका छन्। यद्यपी ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। 
एभरेष्ट बैंकले गत बर्षजस्तै नाफा एक अर्ब रुपैयाँ कटाएको छ। बैंकले चैतसम्म एक अर्ब आठ करोड रुपैयाँ नाफा गरेको हो। यो नाफा गत बर्षको चैतभन्दा करिव पाँच करोडले बढी हो। 

चार्टर्ड बैंकले ४२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २७ अर्ब लगानी गरेको छ 

स्ट्यान्डर्ड चार्टडको नाफा बृद्धि दर पोहोरको भन्दा सुधार भएको छ।बैंकले ९९ करोड ९४ लाख रुपैयाँ नाफा गरेको हो, जुन गत बर्षको भन्दा करिव १८ प्रतिशतले बढी हो। गत बर्ष बैंकले ८४ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो।यसैगरी नेपाल एसबिआइ बैंकले पनि नाफा करिव २३ प्रतिशतले बृद्धि गरेको छ। बैंकले ६७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको हो। गत बर्ष बैंकको नाफा ५४ करोड ९४ लाख रुपैयाँ थियो।
तीन वटै बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा राम्रो कारोबार भइरहेको छ। एभरेष्टको प्रति सेयर आम्दानी ८० रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टर्डको ६५ रुपैयाँ र एसबिआइको ३४ रुपैयाँको हाराहारीमा छ।
 
बैंकको सेयर नेपाल स्टक
एक्सचेन्जमा राम्रो कारोबार
भइरहेको छ। एसबिआइको
प्रति सेयर आम्दानी ३४ रुपैयाँको हाराहारीमा छ।

सेयरका लगानीकर्ताले चैतको वित्तीय विवरण हेरेर लगानी नीति बनाउने गर्छन्।

Tata
GBIME
Nepal Life
एभरेष्ट वाहेक दुई बैंकको पुँजी दुई अर्ब नाघिसकेको छ। एभरेष्टले यस बर्ष वोनस सेयर दिएर पुँजी दुई अर्ब नघाउने योजना बनाएको छ।
पुँजी पर्याप्तता अनुपातका कारण बाँकी बैंकले पनि वोनस सेयर दिने सम्भावना उत्तिकै छ। 
चैतसम्मको वित्तीय विवरण अनुसार, एभरेष्टले  ६२ अर्ब ७६ करोड निक्षेप संकलन गरेर ५० अर्ब ६४ करोड ऋण लगानी गरेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २७ अर्ब लगानी गरेको छ भने नेपाल एसबिआइ बैंकले ५१ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ३३ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेको छ।