BIZMANDU
www.bizmandu.com

एनसिसिकाे ४० करोड ऋण सेटल भयो, ब्याज भएन, ब्याज उठाउन धितो लिलाम, ९५ रोपनी बैंकको नाममा

२०७१ बैशाख २४

एनसिसिकाे ४० करोड ऋण सेटल भयो, ब्याज भएन, ब्याज उठाउन धितो लिलाम, ९५ रोपनी बैंकको नाममा
एनसिसिकाे ४० करोड ऋण सेटल भयो, ब्याज भएन, ब्याज उठाउन धितो लिलाम, ९५ रोपनी बैंकको नाममा

काठमाडौं । एनबी समूहले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको ब्याज भुक्तानी नगरेपछि धितोमा रहेको करिव ८५ रोपनी जग्गा लिलाम बढाबढबाट बिक्री गरिने भएको छ । समूहअन्तर्गतको हरिसिद्धी ईटा तथा टायल कारखाना लिमिटेडले सात करोड रुपैयाँ बराबर ब्याज भुक्तानी नगरेपछि बैंकले धितो जग्गा लिलाम गर्ने प्रकृया थालेको हो ।
‘एनबी समूहले बैंकबाट ऋण चलाएपनि ब्याज भुक्तानी गरेन,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बुधबार बिजमाण्डूसँग भने, ‘ब्याज असुलीका लागि धितोमा रहेको जग्गा लिलाम गर्न लागिएको हो ।’

Tata
GBIME
Nepal Life
समूहले ब्याज वेभर (छुट) का लागि निवेदन दिएको थियो, तर राष्ट्र बैंकले ब्याज छुट दिन नसकिने निर्णय गरेपछि धितो लिलामीबाट असुली गर्न लागिएको हो ।
……
अमृतचरण श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
एनसिसी बैंक 

समूहले ब्याज वेभर (छुट) का लागि निवेदन दिएको थियो, तर राष्ट्र बैंकले ब्याज छुट दिन नसकिने निर्णय गरेपछि धितो लिलामीबाट असुली गर्न लागिएको हो ।

९५ रोपनी बैंकको नाममा
समूहका सदस्य तथा उनीहरुको कम्पनीले बैंकबाट ठूलो रकम ऋण लिएको छ । ऋण भुक्तानी नगरेपछि बैंकले यसअघि नै समूहको ९५ रोपनी जग्गा आफ्नो (नन बैंकिङ एसेट) नाममा ल्याइसकेको छ । समूहका ४२ करोड रुपैयाँ बराबरको ऋणको सम्पति बैंकको नाममा आइसकेको हो । 
बैंकको सञ्चालक समितिमा विवाद आएपछि नेपाल राष्ट्र बैंकले गत माघ २१ गतेदेखि सञ्चालक समिति आफैले लिएको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि एनबी समूहले चलाएर दुरुपयोग भएका ऋणहरु उठाउन तिब्रता दिइएको हो । 
‘एनबी समूहका सम्पत्ति ननबैंकिङ एसेटका रुपमा बैंकको नाममा आएपछि ऋणहरु राफसाफ भएपनि ब्याज भुक्तानी बाँकी थियो,’ हस्तक्षेपपछि एनसिसीको वोर्डमा पुगेका नेपाल राष्ट्र बैंकका उपनिर्देशक तथा प्रवक्ता रमेश आचार्यले भने, ‘त्यो पैसा उठाउन बैंकको नाममा नआइसकेको केही सम्पति लिलाम गर्न लागिएको हो ।’ बैंकले हरिसिद्धि ईटा तथा टायल कारखानाका नाममा रहेका जग्गा लिलामका लागि बुधबार १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । 
राष्ट्र बैंक छिर्नुको कारण 
एनसिसी बैंकको सञ्चालक समितिमा विवाद चर्किदै गएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । १५औं बार्षिक साधारणसभाबाट छानिएका सञ्चालकबीच भएको विवाद साम्य पार्न कोशिस भएपनि सफलता हात लाग्न सकेको थिएन । 
बैंकका सञ्चालकहरू दुई समूहमा विभाजित  भई  एक  अर्का  विरुद्ध  आरोप  प्रत्यारोप गर्दै नियामक  निकायमा  समेत  सहयोग  एवम्   हस्तक्षेपका  लागि  पटक  पटक  निवेदन दिएका थिए । त्यसबीचमा राष्ट्र बैंकले विशेष  स्थलगत  निरीक्षण गर्दा सञ्चालक समितिको काम कारवाहीमा गम्भीर विवाद तथा समस्या देखिएको, सञ्चालक समितिको बैठक नियमित रूपमा बस्न नसकेको भेटिएको थियो । 
लिलामको प्रयास पटक पटक
राष्ट्र बैंकको दवावमा यसअघि पनि एनबी समूहको सम्पति लिलाम गर्ने प्रयास गरिएको थियो । तर समूहले विभिन्न अदालतहरुमा मुद्दा हालेर लिलामी प्रकृयालाई स्थागित गराउँदै आएको थियो । अदालतले पछिल्लो पटक एनबी समूहको निवेदनको विरुद्ध फैसला गरेपछि सम्पति लिलाम गरेर ऋण तथा ब्याज उठाउन बाटो खुलेको थियो । 
एनबी समूहका जीतवहादुर श्रेष्ठ, लक्ष्मीवहादुर श्रेष्ठ, जेन श्रेष्ठलगायत अधिकांस सदस्य कर्जा नतिरेका कारण कर्जा सुचना केन्द्रको कालोसुचीमा छन् । ऋण दूरुपयोग गरेको भन्दै बैंकिङ कसुरको आरोप लागेका लक्ष्मीवहादुर प्रहरीको फरार सुचीमा छन्, तर बिजमाण्डूले बुधबार दिउँसो १२ बजेर ५० मिनेटमा फोन सम्पर्क गर्दा उनका सहयोगीले फोन उठाउँदै भने, ‘अहिले फोन छाडेर एकैछिन बाहिर निस्कनु भएको छ, भरे घरै आउनु हुन्छ ।’
बैंकमा एनबी समूहका एक सय ८० रोपनी जग्गा धितोमा छ, यसमध्ये ९५ रोपनी जग्गा बैंकको नाममा गइसकेको छ । ब्याजका लागि लिलाम गर्न लागिएको जग्गा विक्री नभएमा यो पनि बैंकले सकार्ने छ । स्रोतका अनुसार, धितोमा रहेको जग्गाको मूल्य प्रति आना छदेखि सात लाख रुपैयाँ पर्न आउँछ । 
हरिसिद्धीको सम्पति लिलामबाट जोगाउन लक्ष्मीवहादुरले पहिलेदेखि नै निकै कसरत गर्दै आएका थिए । उनले आफू निकट व्यक्ति पुष्पराज राजकर्णिकारलाई बैंकको व्यवस्थापन नेतृत्व जिम्मा लगाएका थिए । यसवाहेक राजनीतिक तथा जग्गा व्यापारीहरुलाई पनि प्रयोग गरेका थिए ।