BIZMANDU
www.bizmandu.com

फुलफुलमा उपभोक्तालाई राहात, अधिकांश फलफुलको मूल्य घट्यो

२०६९ भदौ १०

काठमाडौं । मूल्यवृद्धिबाट हैरानी खेपेका उपभोक्तालाई फलफुल भने केही राहत दिएको छ । माग घटेपछि सबैजसो फलफुलको मूल्य घटेको छ ।
नेपाल फलफुल बिक्रेता एसोसिएसनका अनुसार स्याउको मूल्य २ सय रुपैयाँबाट घटेर १ सय ५० कायम भएको छ । चिनियाँ स्याउको मूल्य १ सय ५० बाट घटेर १ सय कायम भएको छ । अनार किलोको २ सय ३० बाट घटेर २ सय रुपैयाँ, नासपाती ५५ रुपैयाँबाट घटेर २५ रुपैयाँ, मेवा ६५ रुपैयाँबाट घटेर ४० रुपैयाँ, सुन्तला १ सय रुपैयाँबाट घटेर ८० रुपैयाँ र केरा एक दर्जनको ६५ बाट घटेर ४० रुपैयाँमा कायम भएको छ । एसोसिएसनका अनुसार चीनबाट फलफुल आयात बढेकोले भाउ घटेको हो ।

Tata
GBIME
Nepal Life