BIZMANDU
www.bizmandu.com

लेमिनेटेड बोराका लागि सरकारले दियो ५ महिना, ५ वर्ष थप्नुपर्ने उद्योगीको शर्त

२०६९ भदौ १०

काठमाडौ ।  उद्योगीको असहमतिपछि सरकारले लेमिनेटेड बोरा कार्यान्वयन गर्ने समयसीमा पाँच महिना थप्ने भएको छ । सिमेन्ट बोरा उत्पादकसँगको शुक्रवार भएको छलफलमा उद्योग मन्त्रालयले लेमिनेटेड बोरा कार्यान्वयन गर्ने समय ५ महिना थप्ने प्रस्ताव गरेको हो । तर उद्योगीले भने मन्त्रालयले राखेको यो प्रस्तावलाई अस्विकार गरेका छन् ।
उनीहरुले भने यो समयसीमा ५ वर्ष थप्न माग गरेका छन् । यस्तै सिमेन्ट उत्पादक संघले समेत सिमेन्टका बोरा लेमिनेटेड बनाउने निर्णय फिर्ता नलिए अर्को हप्तादेखि सिमेन्ट आपूर्ति रोक्ने बताइसकेका छन् । सिमेन्ट उत्पादक संघले विहिवार पत्रकार सम्मेलन गरी निर्णय फिर्ता नभएमा अर्को सातादेखि आपूर्ति रोक्ने घोषणा गरेको हो ।

Tata
GBIME
Nepal Life