BIZMANDU
www.bizmandu.com

नेपाल-टर्की र इस्तनाबुल चेम्वरवीच समझदारी, लगानी विस्तारमा केन्द्रीत

२०६९ भदौ ९

काठमाडौं । नेपाल टर्की चेम्वर अफ कमर्श एण्ड इन्डष्ट्रि (एनटीसीसीआई)र इस्तनाबुल चेम्वर अफ कमर्शवीच आपसी सहयोगसम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार साँझ होटल सोल्टीमा भएको समझदारी पत्रमा नेपाल र टर्कीवीचको आर्थिक तथा व्यापारिक सम्वन्धलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
समझदारीपत्रमा एनटीसीसीआईका अध्यक्ष अखिलकुमार चापागाई र इस्तनाबुल चेम्वर अफ कमर्शका अध्यक्ष डा. मुरात यलचिन्तासवीच हस्ताक्षर भयो । डा. यलचिन्तासको नेतृत्वमा एक व्यवसायिक टोली नेपाल भ्रमणमा छ । समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपालका लागि टर्कीका अवैतानिक राजदूत सिपि खेतान, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालको समेत उपस्थिति थियो । दुवै पक्ष नेपाल र टर्कीवीचको आर्थिक तथा व्यवसायिक विकासका लागि सहयोग प्रदान गर्न, भ्रमण गर्न तथा सूचना आदानप्रदान गर्न सहमत भएका छन् ।
कार्यक्रममा एनटीसीसीआईका अध्यक्ष अखिलकुमार चापागाईंले समझदारी पत्रमा भएको हस्ताक्षरले दुई देशवीचको व्यापार र लगानी विस्तार हुने जानकारी दिनुभयो । विश्वका पाँच ठूला व्यवसायिक संगठन भित्र पर्ने इस्तनाबुल चेम्वर अफ कमर्शसँग समझदारी गर्न पाउँदा आफूलाई खुशी लागेको जानकारी पनि दिनुभयो ।
इस्तनाबुल चेम्वर अफ कमर्शका अध्यक्ष डा. यलचिन्तासले नेपाल र टर्कीवीचको व्यापार वृद्धिका लागि एनटीसीसीआएले खलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र टर्कीवीच लगानी र व्यापार विस्तारका लागि एनटीसीसीआइसँगको समझदारी कोशेढुङ्गा हुने जानकारी पनि दिनुभयो ।
एनटीसीसीआईका कारण नेपाल र टर्कीवीचको व्यापार १० गुणाले  फस्टाएको जानकारी पनि दिनुभयो छ । नेपाल र टर्कीवीच पा“च वर्ष पहिले २२ करोड रुपैया“को व्यापार हुने गरेकोमा अहिले दुई अर्ब रुपैयाँको आयात र एक अर्ब रुपैयाँको निर्यात भैरहेको छ ।

Tata
GBIME
Nepal Life