BIZMANDU
www.bizmandu.com

पूर्वराजा भैरहवामा, शाही शासनमा जस्तै स्वागत

२०६९ असार १७

रूपन्देही । पूर्व राजा ज्ञानेन्द्र शाह लुम्विनी अञ्चलका तीन जिल्ला भ्रमणका क्रममा आइतवार भैरहवा पुगेका छन् । आफ्नो ५ दिने धार्मीक भ्रमणका लागि आइतबार रुपन्देही पुगेका पूर्वराजालाई उहा“को समर्थकहरुले भब्य स्वागत गरेका थिए । पूर्वराजा लुम्विनीको होटल निर्माणमा बसेका छन् ।
आईतवार दिउ“सो साढे दुई बजे बुद्ध एयरको जहाजबाट पूर्वराजा गौतमबुद्ध विमानस्थल भैरहवा आइपुगेका हुन् । उनलाई सयौं संख्यामा सहभागीे सर्वसाधरणले विमानस्थलमै स्वागत गरेका थिए ।

उनलाई मोटरसाईकल ¥यालीले स्र्कटिङ गरेर विमानस्थलवाट मोटरमै भैरहवाको बुद्धचोकसम्म पु¥याएका थिए । त्यहाँबाट उनी ठूलो संख्यामा उपस्थिति रहेका सर्वसाधरणसँग हिंड्दै दुई किलोमीटर पैदल यात्रा गरेका थिए । उनलाई सर्वसाधरणले भैरहवाको लुम्बिनी गेट, बुद्धचोक, महेन्द्रपार्क, विद्रोहीचोक, मिलनचोक हु“दै होटल निर्माणासम्म पु¥याएका थिए ।

Tata
GBIME
Nepal Life