BIZMANDU
www.bizmandu.com

मर्जरपछि एकिकृत वित्तिय विवरण प्रकासित गरेको ग्लोबल आइएमइ बैंकको नाफा शत प्रतिशतले वृद्धि

२०७१ बैशाख ११

काठमाडौं। कमर्ज एण्ड ट्रष्ट बैंक गभिएपछि ग्लोबल आइएमइ बैंकको चालु आवको तेस्रो त्रैमाशमा नाफा अघिल्लो बर्षको तुलनामा शतप्रतिशत वृद्धि भएको छ । कमर्जसंगको मर्ज पुर्व बैंकको गत अवको तेस्रो त्रैमाशमा ३६ करोड नाफा रहेकोमा यस त्रैमाशमा ७२ करोड ५१ लाख रुपैयाँ नाफा पुगेको छ । मर्जर पुर्व कमर्जको गत आवको तेस्रो त्रैमाशमा भने नाफा पाँच करोड ७४ लाख रुपैयाँ रहेको थियो । तर गत आवको तेस्रो त्रैमाशमा ग्लोबल आइएमइ बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकले कमाएको नाफा जोडेर (४१ करोड ८४ लाख) त्रैमासिक तुलना गर्दा पनि यसपटकको नाफा ७३ प्रतिशतले बढेको देखिन्छ ।  गत असारमा ग्लोबल आइएमइ बैंकमा गुल्मि बिकास बैंक र सोसियल डेभलपमेन्ट बैंक समेत गाभिएका थिए ।
बैंकको खुद व्याज आय २३ प्रतिशत, बिदेशी मुद्राको बिनिमयबाट भएको आम्दानी शतप्रतिशत र सञ्चालन नाफा ९८ प्रतिशतले बढेको छ । मर्जर अघिको दुई बैंकको अलगअलग खुद व्याज आयलाई जोडेर हेर्दा भने व्याज आम्दानीको वृद्धि न्युन (०.५९ प्रतिशत ) छ । गत आवको तेस्रो त्रैमाशमा ग्लोबल आइएमइको खुद व्याज आय ९९ करोड ६६ लाख थियो भने कमर्जको २२ करोड ६४ लाख रहेको थियो । चालु आवको तेस्रो त्रैमाशमा भने 

Tata
GBIME
Nepal Life
बैंकको खुद व्याज आम्दानी एक अर्ब २३ करोड रुपैयाँ रहेको छ । त्यस्तै मर्जर अघि ग्लोबलको ३५ करोड ६२ लाख र कमर्जको नौं करोड दुई लाख सञ्चालन मुनाफा रहेको थियो । चालु आवको तेस्रो त्रैमाशमा बैंकको सञ्चालन मुनाफा ७० करोड ८२ लाख रुपैयाँ र बिदेशी मुद्राको बिनिमयबाट भएको आम्दानी नौं करोड ७५ लाख छ । 
बैंकको कर्जा ६५ प्रतिशतले बढेर ४१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि ६२ प्रतिशतले बढेर ४९ अर्ब ३९ करोड रुपैयाँ पुग्यो । दुवै संस्थाको अघिल्लो पटकको कर्जा र निक्षेप जोडेर हेर्दा भने निक्षेपमा करिब ३० प्रतिशत र कर्जामा साढे २३ प्रतिशत वृद्धि भएको छ । 
बैंकको रियल स्टेटमा एक अर्ब ८४ करोड रुपैयाँ लगानी भएको छ । यो कुल कर्जाको आधारमा भने साढे चार प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७६.५३ रहेको छ । बैंकले अझै साढे तीन प्रतिशत रकम कर्जा लगानी गर्न सक्दछ । 
अलगअलग रहदाको तुलनामा भने बैंकको कर्मचारी र अन्य खर्च २.१२ प्रतिशतले घटेको छ । मर्जर अघि ग्लोबलको यस्तो खर्च ४८ करोड २० लाख र कमर्जको १४ करोड ५२ लाख रहेको थियो । हाल भने यस्तो खर्च  ६१ करोड ३९ लाख रुपैयाँ रहेको छ । 
बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको जम्मा ३४ करोड १२ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था पनि २८ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा २.८२ प्रतिशत मात्र रहेको छ भने सम्भावित जोखिम वापत ९९.२१ प्रतिशत रकम छुट्याएको छ । 
बैंकको पुजी कोष पर्याप्तता १३.०४ रहेको छ । त्यस्तै, बैंकको कोष लागत ४.६८ छ । बैंकको बेस रेट ८.२१, प्रतिसेयर आम्दानी २३.६१, मूल्य आम्दानी अनुपात १८.२६ र प्रतिसेयर नेटवर्थ १४७रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी चार अर्ब १० करोड रुपैयाँ भएको छ । पुष मसान्तमा यो रकम दुई अर्ब ७८ करोड रहेको थियो । बैंकले यसपटकबाट ग्लोबल समूहको करोबार पनि उल्लेख गरेको छ । कम्पनीको ग्लोबल क्यापिटल सञ्चालनमा रहेको छ भने हालै मात्र एलिट क्यापिटल पनि ग्लोबल क्यापिटलले खरीद गरेको छ ।