काठमाडौं । रेमिटेन्समा नेपाल थप निर्भर बन्दै गएको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । अर्थतन्त्रमा ठूलो हिस्सा रेमिटेन्सको रहेको मुलुकको सुचीमा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । यसअघि नेपाल छैठौं स्थानमा थियो ।
विश्वभरीका देशहरुमा अर्थतन्त्रमा रेमिटेन्सको हिस्सा ठूलो हुने सुचीमा नेपाल परेको छ । कुल कार्हस्थ उत्पादनमा रेमिटेन्सको गणना गरिँदैन तर कुल गार्हस्थ उत्पादनमध्ये २४.७ प्रतिशत बराबर रेमिटेन्सको आकार पुगिसकेको छ । प्रतिवेदनका अनुसार, भारतले सुचना प्रविधिको व्यापारबाट रेमिटेन्स भित्राइरहेको छ भने वंगलादेशले गार्मेन्ट निर्यात गरेर । नेपालले भने श्रम गर्ने युवा जनशक्ति निर्यात गरेर रेमिटेन्स भित्राएको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले चैत २८ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार, कुल अर्थतन्त्रको ५२ प्रतिशत रेमिटेन्स भित्राउनेको अग्रसुचीमा ताजिकिस्तन रहेको छ । त्यसपछि किर्गिज रिपब्लिक रहेको छ । यो सुचीमा नेपाल तेस्रो रहेको छ । नेपाल बराबरनै हिस्सा मोल्डोभाको रहेको छ । नेपाल रेमिटेन्सबाट बस्तु तथा सेवा आयात गर्नेमा पहिलो नम्बरमा छ ।
महिना (रु अर्बमा) |
शोधनान्तर बचत |
रेमिटेन्स |
फागुन |
102.81 |
356.72 |
माघ |
95.78 |
311.91 |
पुस |
77.19 |
265.62 |
मंसिर |
68.02 |
221.18 |
कात्तिक |
64.44 |
178.89 |
असोज |
52.74 |
135.03 |
भदौ |
33 |
88.04 |
साउन |
16.09 |
41.87 |
गत बर्ष |
68.94 |
434.58 |
रकमका हिसावले भने सबैभन्दा वढी रेमिटेन्स भित्राउने मुलुकमा भारत रहेको छ । भारतले ७० अर्ब अमेरिकी डलर बराबरको रेमिटेन्स भित्राएको छ । यसपछि चीनले ६० अर्ब डलर र पिलिपिन्सले २५ अर्ब डलर रेमिटेन्स भित्राएको छ ।
रेमिटेन्सकै कारण नेपालको शोधनान्तर अवस्था सवल बनेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा रेमिटेन्सको उच्च बृद्धिका कारण नेपालको बैंकिङ प्रणालीमा अत्याधिक तरलता प्रवाह भइरहेको उल्लेख छ ।
तर देशको आन्तरिक विकासमा भने यसले खासै उत्पादनमूलक कार्य गर्न नसकेको पनि प्रतिवेदनमा औंल्याइएको छ । रेमिटेन्सका कारण बैंक प्रणालीमा अत्याधिक तरलता प्रवाह भएर रियलस्टेट र सेयर बजार अस्थिर रहेको पनि प्रतिवेदनमा छ । यही कारण बैंकहरु अझै खराव कर्जाको मारमा परेका छन् ।