BIZMANDU
www.bizmandu.com

सिमेन्ट लेमिनेटेड बोरामा मात्रै बेच्न पाउने निर्णय विरुद्ध उद्योगीको चुनौती

२०६९ भदौ ८

काठमाडौ । सरकारले सिमेन्टका बोरा लेमिनेटेड बनाउने निर्णय फिर्ता नलिए अर्को हप्तादेखि सिमेन्ट आपूर्ति रोक्ने व्यवसायीले बताएका छन् । सिमेन्ट उत्पादक संघले विहिवार पत्रकार सम्मेलन गरी निर्णय फिर्ता नभएमा अर्को सातादेखि आपूर्ति रोक्ने घोषणा गरेको हो । हामीसँग कुनै सहमति नगरी सरकारले ९० दिनभित्रै लेमिनेटेड बोरामा ल्याउन राजपत्रमा सूचना प्रकासित गरेको थियो, संघका अध्यक्ष आत्मराम मुरारकाले भने, यो निर्णय फिर्ता नभए अर्को सातादेखि सिमेन्ट आपूर्ति बन्द गर्छौ ।
संघका अनुसार सिमेन्ट उद्योगमा १० हजार र सिमेन्टको बोरा उत्पादन गर्ने उद्योगमा २ हजारले रोजगारी पाइरहेका छन् । सरकारको हठातपूर्ण निर्णयले अर्बौको लगानी र हजारौको रोजगारी समस्यामा पर्छ, उनले भने । उनका अनुसार मुलुकमा रहेको ४० सिमेन्ट उद्योगमा ५० अर्बभन्दा बढी लगानी छ ।

Tata
GBIME
Nepal Life