BIZMANDU
www.bizmandu.com

स्वास्थ्य व्यवसायीको रोजगार व्यवसायीलाई जवाफ, प्रमाणपत्र कोटेशनमा किन्न मिल्दैन

२०६९ भदौ ८

काठमाडौं । विदेश जाने कामदारको स्वास्थ्य परीक्षण बारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघबी वाकयुद्ध सुरु भएको छ । एक महिनाअघि स्वास्थ्य परीक्षणको शुल्क पाँच सय बढाएर एकै स्थानमा उभिएका दुबै संस्थाले एकअर्कालाई सिन्डिकेट र ठेकेदारको संज्ञा दिन थालेका छन् ।
संघले विहिवार महासंघले कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट कायम गरेको आरोप लगाएको थियो । महासंघले कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट कायम गरेकोले एक महिना अघि गरेको सहमति बदर गरिएको छ, संघद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।
यसको प्रतिउत्तरमा महासंघले शुक्रवार एकतर्फी रुपमा सहमति तोडेर कोटेसन माग गर्नु हास्याँस्पद र गैर जिम्मेवारी क्रियाकलाप भएको उल्लेख छ । बजारबाट सामान खरीद गरेजस्तो स्वास्थ्य परीक्षण प्रमाणपत्र कोटेसनबाट माग्न मिल्दैन, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Tata
GBIME
Nepal Life