BIZMANDU
www.bizmandu.com

आठ सय माथिबाट २०७० लाई नेप्सेकाे फेयरवेल, सूचक चढ्याे, सिटिजन्सकाे १३ कराेडकाे काराेवार

२०७० चैत्र ३०

आठ सय माथिबाट २०७० लाई नेप्सेकाे फेयरवेल, सूचक चढ्याे, सिटिजन्सकाे १३ कराेडकाे काराेवार
आठ सय माथिबाट २०७० लाई नेप्सेकाे फेयरवेल, सूचक चढ्याे, सिटिजन्सकाे १३ कराेडकाे काराेवार

काठमाडौं । नेप्सेले हिन्दू क्यालेन्डरको अन्तिम दिनलाई वृद्धिसहित विदाई गरेको छ । २०७० को अन्तिम दिन आइतवार नेप्से ६.२९ अंकले बढ्यो । सूचक पनि आठ सय माथिको मजबुत स्थितमा रह्यो । आइतवार बजार बन्द हुँदा सूचक आठ सय १७ अंकमा आएर बन्द भयो ।
आइतवार  होटेल र वित्त कम्पनी बाहेक सबै समूहको परिसूचक बढेको छ । कुल ४४ करोड रुपैयाँको कारोबार भयो ।  आइतवार कारोबार रकम बढे पनि केहीको बाहेक अन्य कारोबारमा कमि आएको देखिन्छ । यो दिन सिटिजन्स बैंक इन्टरनेशनको मात्रै १३ करोड २१ लाख रुपैयाँको सेयर करोबार भएको छ । पटक पटक गरेर ठुलो करोबार भएको बैंकको एक पटकमा सबैभन्दा धेरै ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
बैंकको धेरै पटक १० हजार बढि कित्ता सेयर किनबेच भएको छ । संस्थापकबाट सर्वसाधारणमा परिवर्तन गरिएका सेयरका कारण कारोबार बढेकाे बजारका विज्ञले बताएका छन् । यी सबै करोबारमा सेयर मूल्य चार सय पाँच रहेको छ । बैंकको अन्तिम कारोबार भने चार सय ३४ रुपैयाँमा भएको छ । 
बीमा कम्पनीहरुको सेयर कारोबारमा आकर्षण कायमै छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, नेशनल लाइफ, सूर्या लाइफ इन्स्योरेन्सको एक करोडदेखि तीन करोड रुपैयाँसम्म कारोबार भएको छ । 
किष्ट र प्रभु बिकास बैंकसंग मर्जर प्रक्रियामा जान लागेको गौरीशंकर डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यही मर्जर प्रक्रियामा रहेको जेनिथ फाइनान्सको भने सेयर मूल्य दुई रुपैयाँ घट्यो । 
आइतवार सनराइज बैंकको ९.७३ प्रतिशतले सेयर मूल्य घटेर चार सय आठमा काराेवार भएको छ । ११ प्रतिशत बोनस सेयर दिन लागेको बैंकको चैत २७ गते बुक क्लोज भएको थियाे । बैंकले बोनस सेयर दिएपछि हुने चुक्तापूँजीको १० बराबर एक कित्ताको दरले हकप्रद दि‌दै छ । बैंकमा चैत २७ पछि लगानी गर्नले पनि हकप्रद सेयर भने पाउने छन् । हकप्रद सेयर निष्कासनका लागि भने बुक क्लोजको मिती घोषणा हुन बाँकी छ । 
आइतवार बैकिङ समूह ४.२८ अंक, जलविद्युत् समूह ३१.७७ अंक, बीमा समूह ४६.१७ , बिकास बैंक समूह २.७ र ‘अन्य’ समूह ११.७४ अंकले बढेको छ । नेप्सेमा आइतवार कुल एक सय २६ कम्पनीको १३ लाख ३६ हजार कित्ता सेयर किनबेच भयो । बजार बन्द हुँदा कुल बजार पूँजीकरण आठ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
प्रोफेशनल दियालो बिकास बैंककाे नगद लाभा‌स
यसैवीच प्रोफेशनल दियालो बिकास बैंकको सञ्चालक समितिले ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको यो प्रस्ताव राष्ट्र बैंक र बैंकको आफ्नो साधारण सभाले पारित गर्न बाँकी छ । 
 

Tata
GBIME
Nepal Life