BIZMANDU
www.bizmandu.com

नेपालका लागि बेलायतका राजदूत एन्ड्रियुले गरे चौधरी ग्रुपको भ्रमण, चौधरी उद्योग ग्रामको सराहना

२०७० चैत्र २७

नेपालका लागि बेलायतका राजदूत एन्ड्रियुले गरे चौधरी ग्रुपको भ्रमण, चौधरी उद्योग ग्रामको सराहना
नेपालका लागि बेलायतका राजदूत एन्ड्रियुले गरे चौधरी ग्रुपको भ्रमण, चौधरी उद्योग ग्रामको सराहना

काठमाडौं । नेपालका लागि बेलायतका राजदूत एन्ड्रियु जेम्स स्पार्कसले विहीबार चौधरी ग्रुपको अवलोकन भ्रमण गरेका छन् । उनका साथमा बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग विभाग (डिएफआईडी)का नेपालस्थित कार्यालयका उच्च अधिकारीहरु पनि सहभागी थिए ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले राजदूत स्पार्कस्लाई आफ्नो ग्रुपको कार्यालय, सानेपामा स्वागत गर्दै ग्रुपले अगाडि बढाएको नेपाल सोसल विजनेशको उद्देश्यका बारेमा जानकारी गराए ।
‘हामी धेरैभन्दा धेरै नेपाली युवाहरु उद्यमशिल बनुन् भन्ने चाहन्छौँ । त्यहि लक्ष्य हासिल गर्न नेपालमा सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याएका हौँ’, अध्यक्ष चौधरीले भने, ‘आम नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउने बृहत लक्ष्यमा सहयोग पु¥याउनकै लागि सोसल विजनेशलाई प्रभावकारी बनाईदैछ ।’ अध्यक्ष चौधरीले विगत द्वन्दको दशकमा पनि चौधरी ग्रुपले नेपालमा विस्तार गर्दै लगेको लगानीका बारेमा जानकारी गराए ।
चौधरी ग्रुपले नवलपरासी जिल्लामा चौधरी उद्योग ग्राम स्थापना गरि सफलताका साथ संचालन गरिएको प्रति राजदुत स्पार्कस्ले सराहना गर्नुभयो र यस्ता उद्योग ग्राम देशका अन्य भागमा पनि स्थापना गरि मुलुकको सामाजिक आर्थिक विकास गर्नुपर्ने बताए ।              
उक्त अवसरमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक उत्तरदायित्व सहित आफ्नो ग्रुप नेपालमा लगानी विस्तारका विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी दिए । सो अवसरमा कार्यकारी निर्देशक वरुण चौधरीको पनि उपस्थित थिए ।

Tata
GBIME
Nepal Life