BIZMANDU
www.bizmandu.com

स्वास्थ्य परीक्षण शुल्कमा किचलो, रोजगार व्यवसायी र स्वस्थ्य व्यवसायीको सहमति भंग

२०६९ भदौ ७

काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल स्वास्थ्य व्यवसायी महासंघसँग गरेको सहमति एकतर्फी रुपमा तोडेको छ । महासंघले सहमति अनुसार काम नगरेको आरोप लगाउँदै विहिवारदेखि लागु हुने गरी पहिला गरिएको सहमति बदरको घोषणा गरेको हो । संघ र महासंघबीच असार ३० गते स्वास्थ्य परीक्षण शुल्क पाँच सय बढाएर २५ सय पु¥याउने सहमति भएको थियो ।
सहमति अनुसार महासंघले प्रतिवद्धता पूरा गरेन, स्वास्थ्य परीक्षणमा एकाधिकार मात्रै लाद्न खोजेकोले सहमति खारेज गरिएको, संघले जानकारी दिएको छ । संघका अनुसार कुनै कामदार विदेशमा स्वास्थ्य परीक्षणमा असफल भएमा विदेश जाँदा लागेको लागत खर्च महासंघले बेहोरेन् । सहमति अनुसार कुनै कामदार विदेशमा स्वास्थ्य परीक्षण गराउँदा असफल भएका लागत खर्च बेहोर्ने सहमति भएको थियो, संघका एक पदाधिकारीले भने ।
संघले महासंघको सहमतिलाई खारेज गर्दै स्वास्थ्य परीक्षणमा सूचीकृत कम्पनीलाई स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्कको कोटेसन पेस गर्न समेत आह्वान गरेको छ । सूचना प्रकासित भएको मितिले १५ दिनभित्र कामदारको स्वास्थ्य परीक्षण के कति शुल्कमा गर्न सकिन्छ सिलबन्दी कोटेसन पेस गर्न सूचित गरिन्छ, संघका महासचिव कमल तामाङद्धारा जारी सूचनामा भनिएको छ, कोटेसन पेस गर्ने कम्पनीहरुबाट वैदेशिक रोजगारमा पठाउने कामदारहरुको स्वास्थ्य परीक्षण गरिनेछ ।’

Tata
GBIME
NLIC