काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले साढे ७२ प्रतिशत लाभांश घोषणा गरेको छ। यो बर्ष जीवन बिमा कम्पनीबीच एक पछि अर्को ठुलो लाभांश घोषणा गर्ने होड नै चलेको छ।
.png)
नेशनलले गत आर्थिक बर्ष २०६९/७० को मुनाफाबाट ५५ प्रतिशत वोनस सेयर र साढे १७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। आगामी साधारणसभाबाट पारित गरे पश्चात लाभांश वितरण गरिनेछ। वोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता ७७ करोड ५० लाख रुपैयाँ पुग्छ। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ।
कम्पनी सञ्चालक समितिले साँझ लाभांश घोषणा गर्ने अपेक्षाका आधारमा बुधबार दिउँसो सेयर बजारमा नेशनल लाईफप्रति ठुलो चार्म देखिएको थियो। एकै दिन कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढ्यो भने १३ करोड रुपैयाँ बरोबारको कारोवार भयो।