BIZMANDU
www.bizmandu.com

एनआइसी एसियाले बैसाख पहिलो साता ५० करोड रुपैयाँको ऋणपत्र ल्याउदै, बार्षिक ७.२५ प्रतिशत व्याज

२०७० चैत्र २५

काठमाडौं। एनआइसी एसिया बैंकले बैसाखको पहिलो साता ५० करोड रुपैयाँको ऋणपत्र ल्याउने भएको छ । ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमूख कार्यकारी अधिकृत प्रविनरमण पराजुलीले भने, ‘ धितो बोर्डबाट अनुमति पाइसकेको छ भने कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल राष्ट्र बैंकमा अनुमति लिने प्रक्रिया अघि बढिसकेको छ ।’ 
धितोपत्र बोर्डले गत १९ गते निष्कासन अनुमति दिएको यो ऋणपत्रको बार्षिक व्याजदर ७.२५ रहेको छ । यो व्याजको भुक्तानी अर्धबार्षिक रुपमा हुने छ । अंकित मूल्य एक हजार रुपैयाँ रहने यो ऋणपत्रको म्याचुरिटी अवधि सात बर्षको हुने छ । यस ऋणपत्रको निष्कासन तयारी नेपाल इण्डष्ट्रियल एण्ड कमर्स बैंक र बैंक अफ एसिया बीच मर्जर अगावै भएको थियो । मर्जर लगायतको कारण निष्कासनको समय केही पछि धकेलिएको ऋणपत्रले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट एल ए माइनस (एलए -) रेटिङ पाएको थियो । इक्रा नेपालका प्रमूख कार्यकारी अधिकृत दिपकराज काफ्लेका अनुसार ऋणपत्रको रेटिङ पुर्नमूल्यांकन भइसकेको र सोही रेटिङ नै कायम रहेको छ । एलए माइनस रेटिङले समयमै भुक्तानी हुने र न्युन जोखिम युक्त रहेको जनाउँछ । 
 

Tata
GBIME
Nepal Life