पछिल्लो एक महिनामा मात्रै निक्षेप २६ अर्बले बढ्दा कर्जा जम्मा पाँच अर्ब मात्रै बढेको छ । निक्षेप बढिरहने तर कर्जा भने घटेपछि बैंकहरु माथि व्याज घटाउन फेरी दवाव थपिएको छ । यस अघि नै बैंकहरुले मुद्दती खातामा दुईदेखि छ प्रतिशतसम्म व्याज दिइरहेका छन् । कर्जाको व्याज पनि अहिले घटिसकेको छ ।| मिति | निक्षेप | कर्जा |
| 13/12/2013 | 1084 | 795 |
| 20/12/2013 | 1093 | 797 |
| 27/12/2013 | 1089 | 798 |
| 03/01/2014 | 1093 | 802 |
| 10/01/2014 | 1089 | 806 |
| 17/01/2014 | 1090 | 821 |
| 24/01/2014 | 1081 | 823 |
| 31/01/2014 | 1082 | 826 |
| 07/02/2014 | 1094 | 827 |
| 14/02/2014 | 1098 | 831 |
| 21/02/2014 | 1102 | 833 |
| 28/02/2014 | 1102 | 837 |
| 07/03/2014 | 1110 | 839 |
| 14/03/2014 | 1116 | 839 |
| 21/03/2014 | 1123 | 839 |
| 28/03/2014 | 1128 | 842 |
चैत मसान्त तेस्रो त्रैमासको क्लोजिङ हो, यो बेला बैंकहरुले कर्जा लगानीभन्दा कर्जा उठाउन बढी ध्यान दिन्छन् । सरकारले पनि पुँजीगत खर्च बढाएको छ, यसले चैत मसान्तमा अझ बढी निक्षेप थपिने सम्भावना छ ।
निक्षेप बढेपछि बैंकहरुले अन्तर बैंक कारोवार घटाएका छन् । अन्तर बैंक अहिले झण्डै शुन्य बराबर छ । त्यसको व्याज पनि न्युन विन्दुमा ओर्लिएको छ । केन्द्रिय बैंकले पनि अधिक तरलता व्यवस्थापन गर्न नियमित रिभर्स रिपो गर्दै आएको छ । पछिल्लोपटक चैत १९ गते साढे १९ अर्बको रिभर्स रिपो गरिएको थियो ।
चैत १९ को रिभर्स रिपोका लागि २२ बैंक तथा वित्तीय संस्थाले ४३ अर्ब २३ करोड रुपैयाँको प्रस्ताव केन्द्रिय बैंकलाई बुझाएका थिए । यो रिभर्स रिपोको औषत भारित व्याजदर पनि अघिल्लोभन्दा तल छ । चैत १२ को रिभर्स रिपोमा औषत भारित दर ०.०८४२ रहेकोमा यसपटक ०.०७२० मा रहेको छ । अघिल्लो पटक साढे १९ अर्बकै लागि १९ वटा बैंक तथा वित्तीय संस्थाले १०९ वटा आवेदन गरेकामा यसपटक संख्या २२ मा पुगेको छ भने आवेदन १२७ पुगेको छ ।
उता यही बेला दुई ठूला संस्थागत निक्षेपकर्ता नागरिक लगानी कोष र बीमा संस्थानले पनि अर्बौं रुपैयाँ मुद्दती निक्षेपमा राख्न प्रस्ताव गरेका थिए । अघिल्लो साता नागरिक लगानी कोषले तीन अर्ब रुपैयाँ मुद्दती खातामा राख्न प्रस्ताव मागेको थियो भने बीमा संस्थानले पनि चैत १८ गतेसम्म एक अर्ब १० करोड मुद्दती निक्षेपमा राख्न प्रस्ताव मागेको थियो ।