BIZMANDU
www.bizmandu.com

मध्यभोटेकोसीको काम अघि बढाउन सर्वोच्चले बाटो खोल्यो

२०६९ भदौ ६

मध्यभोटेकोसीको काम अघि बढाउन सर्वोच्चले बाटो खोल्यो
मध्यभोटेकोसीको काम अघि बढाउन सर्वोच्चले बाटो खोल्यो


काठमाडौं । सर्वोच्च अदालतले मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम रोक्न माग गर्दै परेको मुद्धामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल एशिसिएसन अफ र्याफटिङ एजेन्ट्स (नारा)ले भोटेकोसीमा भैरहेको काम रोक्न माग गर्दै सर्वोच्चमा मुद्धा दायर गरेको थियो ।
न्यायाधिश प्रकाश वस्ती र कमलनारायण दासको इजलाशले आयोजनाको काम रोक्न अन्तरिम आदेश अस्विकार गरेको हो । नाराले आयोजनाको निर्माणले भोटेकासीको पर्यटन व्यवसाय संकटमा पर्नेभन्दै काम रोक्न सर्वोच्चमा रिट दायर गरेको थियो । १०२ मेगावाटको  मध्येभोटेकोसी  आयोजना चिलिमे जलविद्युतले सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न लागेको हो ।
नाराका तर्फबाट बरिष्ठ अधिवक्ता शेर बहादुर केसी र शम्भु थापाले वहस  गरेका थिए ।  विपक्षिका तर्फबाट  महान्याधिवक्ता मुक्तिनारायण प्रधान, नायव महान्यायधिवक्ता पुष्पराज कोइराला, सहन्यायधिवक्ता युवराज सुवेदी, नेपाल विद्युत प्राधिकरणका राजकुमार पोख्रेल, दिनमणी पोख्रेल, सुशिल पन्त, हरिहर दाहाल, हरि उप्रेती, रमणकुमार श्रेष्ठ र मुरली शर्माले वहस गरेका थिए ।
आयोजना निर्माणका लागि लाग्ने १२ अर्ब २८ करोड रुपैयाँको स्रोत चिलिमेले जुटाइसकेको छ भने अहिले  विस्तृत इन्जिनियरिङको काम भइरहेको छ । आयोजनाले  भोटेकासी नदीलाई जलविद्युत पर्यटन (हाइड्रो टुरिजम) स्थलकोरुपमा विकास गरिने अवधारणा सार्वजनिक गरिसकेको छ ।

Tata
GBIME
Nepal Life