BIZMANDU
www.bizmandu.com

इक्रा नेपालले तयार गर्याे सामूहिक लगानी कोषको व्यवस्थापन गुणस्तर रेटिङ विधी, पाँच संकेत आधार

२०७० चैत्र २०

काठमाडौं। इक्रा नेपालले सामूहिक लगानी कोषको व्यवस्थापन गुणस्तर रेटिङ विधी तयार गरेको छ । इक्रा नेपालका प्रमूख कार्यकारी अधिकृत दिपकराज काफ्लेले भने,‘ यो रेटिङले समग्रमा कोषको व्यवस्थापन पक्षको मूल्यांकन गर्छ, हामीले मूल्यांकनको क्रममा छ पक्षलाई आधार बनाएका छौं ।’ कोषको व्यवस्थाप कम्पनीको स्वामित्व, सांगठनिक ढाँचा तथा व्यवस्थापन गुणस्तर, प्रशासनिक ढाँचा तथा कोषको दायित्व, पादर्शीता तथा लगानीकर्तालाई दिइने सेवा, लगानी क्षमता र वित्तीय अवस्थाको आधार बनाइएको छ । 
त्यस्तै, कोष व्यवस्थापन कम्पनीको स्वामित्वको मूल्यांकन, तिनीहरुको व्यवसायको अवधारणा, वित्तीय सामथ्र्य, कम्पनीको कोष व्यवस्थापन र अन्य व्यवसाय बीचको स्वार्थ लगायतलाई मूल्यांकनको आधार बनाइन्छ । यस्तो मूल्यांकन पछि कम्पनीको स्तर अनुसार इक्राले कम्पनीहरुको बर्गिकरणको लागि पाँच संकेत दिने भएको छ । रेटिङ पछि कम्पनीहरुले एसेस्ट म्यानेजमेन्ट क्वालिटी (एएमसी क्वालिटि) वान, एएमसी क्वालिटी टु, एसएमसी क्वालिटी थ्री, एसएमसी क्वालिटी फोर र एसएमसी क्वालिटी फाइभ संकेत पाउँने छन । यस्तो संकेतको बैधता भने एक बर्षसम्म रहनेछ । तर एक बर्षको अवधिमा पनि अन्य योजनाहरु सञ्चालन गर्ने भएमा यस्तो संकेतलाई पुन अवलोकन गरिने काफलेले जानकारी दिए ।
‘एसएमसी क्वालिटी वान’ ले कम्पनीको व्यवस्थापन पक्ष सबैभन्दा राम्रो अर्थात उच्चत्तम रुपमा आश्वास्त हुन सकिने किसिमको रहेको संकेत गर्दछ । त्यस्तै, ‘एसएमसी क्वालिटी टु’ ले उच्च रुपमा आश्वास्त हुन सकिने, ‘एसएमसी क्वालिटी थ्री’ ले पर्याप्त तवरले आश्वास्त हुन सकिने, ‘एसएमसी क्वालिटी फोर’ ले आश्वस्त हुन अपर्याप्त र ‘एसएमसी क्वालिटी फाइभ’ ले आश्वस्त हुन नसकिने  जनाउँदछ । यसले लगानी गर वा नगर भन्ने कुरा भने नबताउने इक्रा नेपालका काफ्ले बताउछन । 
काफ्ले भने, ‘यसले कुनै पनि योजना व्यवस्थापकले सञ्चालन गरेको योजनामा लगानी गर वा नगर भन्दैन्, कोष व्यवस्थापक वा तिनीहरुको योजना छनौट गर्ने कुरा लगानीकर्ताहरुको जोखिम लिने क्षमता भर हुन्छ  ।’ ‘मानौं कुनै कोष व्यवस्थापकले तल्लो स्तरको रेटिङ पाएको छ तर यदी लगानीकर्ताले त्यसमा अरुमा भन्दा नाफा हुने देख्छ भने उसलाई त्यो नि ठिक लाग्न सक्छ,’ उनले स्पष्ट पारे । 
गत माघमा नेपाल धितोपत्र बोर्डले योजना व्यवस्थापकको रेटिङ गर्न सामूहिक लगानी कोष सञ्चालकहरुलाई पत्राचार गरेको थियो । सिद्धार्थ क्यापिटलले गत बैसाख दुई गते नै आफ्नो  ८० करोडको आकारको दोस्रो योजना सिद्धार्थ इक्विटी ओरियण्टेड स्किमको दर्ता बोर्डमा गरेको थियो । त्यस्तै, एनएमबी क्यापिटलले गत जेठमा बोर्डमा ६० करोड रुपैयाँको आफ्नो पहिलो योजना बोर्ड दर्ता गरेको थियो । लक्ष्मि क्यापिटलले असोजमा करीब ४० करोड रुपैयाँ बराबरको आफ्नो योजना बोर्डमा दर्ता गरेको हो । यि योजना बोर्डबाट स्वीकृत हुन बाँकी रहेको छ । कोष सञ्चालकले रेटिङ गरेर बोर्डमा जानकारी गराएपछि यी योजनाले स्वीकृती पाउँने भएका छन ।  
 

Tata
GBIME
Nepal Life